Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेल्जियमा पनि मनाइयो तीज

Published on 4:22:00 AM //

रामप्रसाद पाण्डेय
ब्रसेल्स/बेल्जियम । बेल्जियमको ब्रसेल्स स्थित नेपाल ब्रसेल्स मिलन केन्द्रले आयोजना गरेको तीज कार्यक्रममा बेल्जियमबासी नेपालीहरुले भरपुर मनोरंजन लिए | केन्द्रले महिला दिदिबहिनीहरुको लागी भनेर नि:शुल्क दरखाने व्यवस्था गरेको थियो | कार्यक्रममा बेल्जियमको गेन्ट, अन्त्वेर्पें, लुवेन लगायतका सहरहरुबाट दिदिबहिनीहरु रातो सारी, चुरा, पोते, टिकामा चिटिक्क सजिएर आएका थिए |
कार्यक्रममा नेपालबाट आएकी प्रसिद्ध नृत्यकार रमा न्यौपानेले आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो | पहिलो पटक युरोप भ्रमणमा आएकी न्यौपानेको यूरोपमा पहिलो कार्यक्रम रहेको छ | अपाङ्ग नृत्यकार भनेर चिनिने न्यौपानेले फ्रान्स, होल्लैंड, जर्मनी, स्विजरल्याण्ड लगायतका देशमा आफ्नो कला देखाउने बताउनुभयो | प्रवासमा गरिने यस्ता कार्यक्रमले सबै नेपालीहरुलाई दु:ख साटासाट गर्ने अवसर प्रदान गर्छ तथापी भाषा, संस्कृति बचाऊमा उत्तिकै योगदान गरेको छ |

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग