Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भडकिलो बन्दै छ तीज

Published on 2:03:00 AM //

कृष्ण बिसी
नवलपरासी, भदौ १९ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा यतिवेला नवलपरासी लगाएत देशैभर तिज बिशेष कार्यक्रम सञ्चालन हुने क्रम बढेको छ । तिज पर्व सँघारमा आइपुग्दा बिभिन्न सघंसस्था, क्लव, आमा समुह लगाएतको सक्रियतामा बिवीध प्रतियोगितात्मक कार्यक्रम संचालन हुने गरेका छन ।
तिज बिशेष कार्यक्रममा पुग्दा लाग्छ यो कुनै तिज गितको कार्यक्रम होईन यो एउटा कुनै खुसीको अबसरमा राखिएको भोज कार्यक्रम भए जस्तो आभास हुन थालेको छ । यसरी चाडपर्व मान्ने नाममा हाम्रो नेपाली समाजमा पर्व मनाउने चलन अलि भडकिलो बन्दै गएको छ । कतिले आधुनिक युगको उपज मान्छन भने कतिले असभ्य समाजको यर्थाथ चित्रण भन्न पनि पछि पर्दैन । त्यसो त कुनै समयमा तिजका गितमा माईत जान नपाएका गुनासो सहितको गितहरु तिजमा घन्किने गर्थे भने अहिलेको परिवेशमा प्रशस्त अग्रेजी र समाजमा नपच्ने खालका शब्द भएका गित बिना सकोंच सुन्ने बानी पर्न थालिसकेको छ ।
समाजलाई आधुनिक बनाउने नाममा यस्ता खाले क्रियाकलापले समाजमा बिकृती् बिसङगतीका कुराले बढवा पाईरहेका छन ।सामाजीक मुल्य मान्यता सस्कारलाई ख्यालै नगरी चाडपर्व मनाउन थालिए एक दिन ति चाडपर्वको महत्व माथी प्रश्नचिन्ह नउठला भन्नेमा कसैको दुई मत छैन । यसै बिच तिजमा हुन सक्ने बिभिन्न खाले अपराधीक गतिविधीलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यलय बर्दघाटले तिजपर्वमा बढी मात्रामा गहना लगाएर नहिँड्न महिला दिदीबहिनीलाई आग्रह गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग