Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिक्षाको रिजल्ट थाहा पाउन धामी झाँक्री कहाँ भिड

Published on 3:37:00 AM //

प्रेम सुनार
भदौ १९, गुल्मी । विरामी भयो, सन्तान जन्मीएनन् , श्रीमान विदेशबाट किन फर्किएनन् ? यि र यस्ता कुरामा त महिलाहरु धामी झाँक्री कहाँ धाउँदै आएका थिए अव एसएलसी र अन्य कक्षाको परिक्षाको नतिजा थाहा पाउन समेत धामी झाँक्रीकोमा नै धाउन थालेका छन्, उनिहरु ।
महिला मात्र होईन, पुरुषहरुको पनि भिड छ । परिक्षाको नतिजा कस्तो आउला त ? भन्ने जिज्ञासा मेटाउन धामीकहाँ । तम्घास पुतलीवजारको अर्घाखाँची होटलको एक कोठामा लामो समयदेखि धामी काम गर्दै आएका २२ वर्षिय युवा रामबहादुर नेपालीकहाँ यस्तो भिड लाग्ने गरेको हो । अर्घखाँचीको मरेङ निवासी नेपाली आफुकहाँ दिनमा १५ जना भन्दा वढि त्यस्ता कुराको जिज्ञासा मेटाउन आउने र विदाको दिन बढि भिड लाग्ने बताउँछन् ।
(माथी) धामी रामबहादुर नेपाली (तल) हेराउन बसेका मरासीनी, घिमिरे र भुषाल






















कोठाको एक छेउँमा देवि देउताको तस्वीर राखेका ,दियो जलाएका र अगरबत्ती सल्काएको ठाउँमा भेटी चढाए पछि उनले ग्रहदशा वा ईच्छाएको कुरामा भविष्यबाणी गरिदिन्छन् । अर्घखाँची मरेङ्ग ८की अम्वीका मरासीनी पुरक परिक्षाको नतिजा कस्तो हुन्छ भन्ने जिज्ञासा मेटाउन आएको बताईन् । म त पहिलो पटक धामीकहाँ आएकी हुँ अरु साथीहरु त धेरै पटक आएर हेराउने गरेका छन्, पुराउछन् भन्ने सुनेर आएकी हुँ उनले भनिन् ।
कक्षा ११ को परिक्षाको नतिजा कस्तो आउला, पास भईएला कि फेल ? भन्ने जिज्ञासा मेटाउन आएका थिए गुल्मी ईस्मारजस्थल ८ का विपिन घिमिरे र सिर्सेनी ८ का उमेश भुषाल । अरु साथीहरु पनि परिक्षा ताका आएर हेराउने गरेको सुनेर आफुहरु आएको उनिहरु बताउँछन् । पुरक दिएकी मरासीनी भन्छीन–‘भाग्यमा भन्दा कर्ममा भर पर्नुपर्छ भनिए पनि भविष्यबाणी गराउनु मन शान्तिका लागि  हो ।’
यसरी मन शान्तिका लागि युवादेखि बृद्ध बृद्धा सम्मको दैनिक भिडले गत २ वर्ष अघि देखि धामी कामबाट नेपालीले विदेशमा जाने उनका साथीहरुले भन्दा बढि कमाउने गरेका छन् । ‘सरदर दिनको चार पाँच सय जती हुन्छ ’ नेपालीले भने–‘मासिक सरदर १५-१६ हजार कमाउने गर्छु ।’
धामी झाँक्री हेरखोरलाई अन्धविश्वास भनिए पनि आजका नव युवायुवती त्यो पनि परिक्षाको नतिजाका बारेमा समेत धामी झाँक्रीकहाँ धाउन थालेपछि कसरी अन्धविश्वासको अन्त्य गर्न सकिएला त ? यो चिन्ताको विषय बनेको छ । ग्रामिण समाजमा अझै पनि धामी झाँक्रीको भर पर्दा कैँयौको उपचार नपाई ज्यान जाने गरेको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग