Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा एमाले क्षेत्र नं. ३ क्षेत्रिय सम्पर्क समितीमा थापा

Published on 2:39:00 AM //

अनिल खत्री
गुल्मी, भदौ १८ । संबिधानसभा दोस्रो निर्वाचनको सरगर्मी बढिरहेको बेला गुल्मी जिल्लामा कृर्याशिल बिभिन्न राजनितीक दलहरुले अफ्ना गतिबिधीहरुलाई जनता तथा कार्यकर्ताको घरदैलो सम्म तिब्र रुपमा अगाडी बढाइरहेका छन । सोही क्रममा नेकपा एमाले गुल्मी क्षेत्र नं.३ गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा बिभिन्न ब्यवसाय गरेर बस्दै आएका नेकपा एमाले समंद्ध ब्यवसायी, बिद्यार्थीहरु, आमसर्बधारणको भेला मंगलवार गुल्मीको सदरमुकाम तम्घासमा  सम्पन्न भएको छ ।
नेकपा एमाले संबद्ध भेलाले गुल्मी क्षेत्र नं.३ का सदरमुकाम तम्घासमामा बस्दै आएकाहरु बिच छलफल गरि क्षेत्रिय सम्पर्क कमिटी गठन गरेको छ । क्षेत्र नं. ३ गुल्मी अन्तर्गत तम्घास सम्पर्क समितीको अध्यक्षमा बुद्ध थापाको अध्यक्षतामा १९ सदस्सिय क्षेत्रिय सम्पर्क कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रेम घिमिरे, सचिव डिल्लीराज पोखरेल, सहसचिव सुशिला थापा, कोषध्यक्षमा सुर्य काउछा रहनु भएको छ ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा, सचिवालय सदस्य हिरा एसी, कृष्ण सुनार, नेकपा एमाले जिल्ला कमिटी सल्लाहाकार संयोजक दान बहादुर केसी, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग