Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को को परे गुल्मीबाट कांग्रेसको उम्मेदवार सिफारिसमा ? (नाम सहित)

Published on 2:42:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १८ भदौं ।  नेपाली काँग्रेस क्षेत्रीय समितिहरुले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रवाट आफ्ना उमेद्वारहरुको नाम शिफारिस गरेको छ । क्षेत्रीय समितिले तीनवटा निर्वाचन क्षेत्रवाट प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ २१ जना गरि ४५ जनाको नाम शिफारिस गरेको हो ।
सिफारिस गरिएका उमेद्वारहरुमा क्षेत्र नं १ वाट प्रत्यक्षतर्फ वेदबहादुर थापामगर, पारिश्वर ढकाल, कृष्णवहादुर छन्त्याल, हिरामणी अर्याल, हरि भण्डारी, शुवर्ण ज्वारचन र पृथबहादुर फौजदार गरि ७ जना रहेका छन् । समानुपातिकतर्फ थानेश्वर शर्मा, माधव खरेल,जगदिश भट्टराई, झकवहादुर पुन र गीता थापा छन् । त्यसैगरि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ चन्द्र केसी, चन्द्र भण्डारी, भुवन श्रेष्ठ, अशोक थापा, शालीक पन्थी, रविराज ज्ञवाली, मुक्ति कँडेल र देवेन्द्र पौडेल गरि ८ जना रहेका छन् । समानुतीकतर्फ भागवत ज्ञवाली, विष्णु सापकोटा,झविन्द्र विश्वकर्मा, भगवती काफ्ले, सेत वहादुर भलामी, दधिराम नेपाली, लक्ष्मणसिं थापा, राजेन्द्रप्रसाद पन्त र मोहन ज्ञवाली गरि ९ जना रहेका छन् ।
क्षेत्र नं ३ वाट प्रत्यक्षतर्फ रुद्रमणी भण्डारी, त्रैलोक्यप्रताप सेन, प्रेमनाथ अर्याल, छन्दवहादुर पहराई, दामोदर भुसाल, वुद्ध थापा, महेन्द्र भण्डारी, प्रेम नारायण भण्डारी र विष्णु पन्थी गरि ९ जना रहेका छन् । समानुपातीकतर्फ टेकवहादुर नेपाली, कृष्णवहादुर नेपाली, विष्णु कुँवर, टिका कुँवर, सिता अर्याल, लुमकान्त भण्डारी र सुरेन्द्र केसि गरि ७ जना रहेका छन् । नेपाली काँगेस केन्द्रिय समितिले जिल्लाका प्रत्येक क्षेत्रहरुवाट प्रत्यक्ष तर्फ ३ र समानुपातिकतर्फ ५ जनाका दरले नामावली सिफारिस गर्न निर्देशन दिए पनि सिफारिस गर्नेक्रममा विवाद हुने र निर्णय गर्न समस्या देखिएपछि क्षेत्रीय समितिहरुले दर्ता गरेका सवै उमेद्वारहरुको नाम शिफारिस गरेको हो ।
शिफारिस गरिएका सवै क्षेत्रका उमेद्वारहरुको नामावली वुधवारसम्म क्षेत्रीय समितिले आफ्नो राय सहित पार्टि कार्यालयमा पठाउने भएका छन् । क्षेत्रीय समितीवाट शिफारिस भएर आएका नामावलीहरुलाई जिल्ला समितिकोे वैठकले विहिवारसम्म छलफल गरि राय सहित केन्द्रिय कार्यालयमा पठाउने नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव विष्णु वलालले जानकारी दिनु भएको छ  । एकिकृत नेकपा माओवादीले भने यस अघिनै जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरुवाट २५ जना उमेद्वारहरुको नाम शिफारिस गरि सकेको छ । नेकपा एमालेले भने जिल्लामा अफै उमेद्वारहरुको नाम शिफारिस गरिसकेको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग