Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओबादी नेतृत्वको मोर्चाद्धारा पश्चिमाञ्चल बन्दको आह्वान

Published on 11:31:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ३० । नेकपा माओवादी सहितका ३३ दलले सर्बदलीय गोलमेच सभामार्फत राष्ट्रिय सहमति गर्नुपर्ने माग राख्दै सोमबार पश्चिमाञ्चल क्षेत्र बन्दको आह्वान गरेको छ । नेकपा माओवादीले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै भोली विहान ५ बजेदेखि साँझ ५ बजेसम्म गुल्मी सहित पश्चिमाञ्चल क्षेत्र बन्द गर्ने जनाएको छ । नेकपा माओवादीका जिल्ला सेक्रेटरी गोविन्द बिश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञप्तीमा बन्दको क्रममा एम्बुलेन्स, शव बाहन, दूधका गाडी, विवाहका गाडी साथै प्रेसका गाडीलाई सञ्चालनमा कुनै रोक नलगाईने उल्लेख छ । सरकार गठन हुँदाको सहमति र संविधान संशोधनको खोरजी, गोलमेच सम्मेलनमार्फत राजनीति सहमति, सर्बदलीय सरकार गठन लगायत १८ बुँदे मागप्रति चार दल र सरकारले बेवास्ता गरेको भन्दै ३३ दलीय मोर्चा आन्दोलनमा उत्रिएको हो । उनीहरुले चुनाव बहिष्कार अभियानमा छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग