Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रशासनद्धारा बजार अनुगमन

Published on 11:30:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ३० । चाडपर्व नजिकिँदै गएप्छि जिल्ला प्रशाशन कार्यालय गुल्मीले बजार अनुगमनलाई तिव्र पारेको छ । सदरमुकाम तम्घासका मासु पसलहरुको अनगमन गरेको केहि दिनमै आईतवार फेरी प्रशाशनले सदरमुकाम तम्घासकै विभिन्न किराना तथा औषधी पसलको अनुगमन गरेको छ । सदरमुकाम तम्घासका १३ पसलमा प्रशाशनले आज छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा विभिन्न पसलहरुबाट म्याद नागेका पेय पदार्थको साथमा विस्कुटहरु बरामद गरिएको छ । चाडपर्व नजिकिँदै गरेकोले प्रशाशनले अनगुमनलाई तिव्रता दिएको सहाय प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो । उहाँले म्याद नागेका र अखाद्य बस्तु नराख्न ब्यापारीहरुले निर्देशन समेत दिनुभएको छ । केहि दिन अघि प्रशाशनले सदरमुकाम तम्घासकै मासुपसलहरुमा पनि अनुगमन गरेको थियो । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी पन्थी, उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डे, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग