Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एटिम हिरोइनले भनिन्- मलाई मर्यादा थाहा छ

Published on 1:51:00 AM //

काठमाडौं– हिरोइन जिया केसीले आफू 'भल्गर' नभई 'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।'
आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म 'बर्बाद'मा आफ्नो भूमिका सभ्य रहेको पनि उनले जनाइन् । 'पहिलेपहिले दर्शकहरुले मलाई वारिपारि देखिने ड्रेसमा देख्नुहुन्थ्यो तर यो पटक सारी सारीमा देख्नुहुनेछ,' उनले भनिन् ।

आफ्नो सार्वजनिक छविको बचाउमा समय खर्चिएकी उनले 'बर्बाद'लाई पारिवारिक फिल्म बताइन् । समाजको दायरा कहाँसम्म छ, आफू जानकार रहेको उनको तर्क थियो।

'हामीले नेपाली फिल्म विदेशमा देखाउने होइन नेपालमै देखाउने हो र फिल्ममा कतिसम्म न्युडिटी र भल्गारिटी पच्छ भन्ने मलाई थाहा छ,' यसअघि 'एटिएम' फिल्म खेलेकी उनले भनिन्, 'म आज कसैको छोरी हुँ, भोलि कसैकी श्रीमती, भाउजु र बुहारी पनि बन्नुपर्छ। मलाई समाजको मर्यादा राम्ररी थाहा छ।'

जियाले कार्यक्रममा आफ्नो र फिल्मको बचाव गरे पनि 'बर्बाद'को प्रोमो र गीतमा उनले दिल खोलेर अंग प्रदर्शन गरेको देख्न पाइन्छ। यसअघि चैत २३ मा प्रदर्शन मिति तोकेको 'बर्बाद' सेन्सर पास नभएका कारण प्रदर्शन हुन सकेको थिएन। सेन्सर बोर्डले फिल्म ८० प्रतिशत भल्गर भएको भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।

'फिल्म भल्गर छैन । दर्शकले आफ्नो परिवारसँग बसेर हेर्न सक्नुहुन्छ। सेन्सरले आपत्ति जनाएका जम्मा ३ मिनेट बराबरका दृश्य काटिएको छ,' निर्देशक रिम विश्वकर्माले भने।

रिमसँगै कलाकार गणेश गिरी, निर्माता दिनेश अधिकारी र जिके शर्माले पनि फिल्म छाडा नभएको प्रष्टाए। फिल्ममा जियाबाहेक जिके शर्मा, गणेश गिरी लगायतको पनि अभिनय छ । दीपक शर्मा र प्रिन्सको संगीत रहेको फिल्मलाई निर्देशक स्वयंले लेखेका हुन् । -नागरिक दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग