Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैद्य नेतृत्वको मोर्चा सहभागि नभए पनि निर्वाचन हुन्छ ः ज्ञवाली

Published on 12:47:00 AM //

हिरा कुंबर
आसोज, १ गुल्मी । नेकपा एमालेका प्रचार बिभाग प्रमुख प्रदिप ज्ञवालीले बैद्य नेतृत्वको मोर्चा सहभागि नभएपनि निर्वाचन हुने बताउनु भएको छ । देश निर्वाचनमा होमिईसेकोले बैद्य नेतृत्वको मोर्चा सहभागि नभएपछि चुनाव सफल हुने उहाँको भनाई  छ ।
अहिलेको शन्दर्भमा खिलराज रेग्मीको प्रधानन्याधिश पदबाट राजिनामा गराउन नमिल्ने भन्दै उहाँले असन्तुष्ट मोर्चाका माग पूरा गर्न नसकिने बताउनु भयो । प्रेस चौतारी गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिले बैद्य नेतृत्व, खिलराज रेग्मीको राजनिमालाई मुख्य सर्त बनाएर अगाडि बढेकाले रेग्मीको राजिनामा असम्भव भएपछि बार्ता असफल भएको बताउनु भयो । २०५६ सालको निर्वाचनमा पनि मुलुक युद्धको रापतापमा थियो, त्यसैले अहिले माओबादीले अवरोध गर्दैमा निर्वाचन नरोकिने उहाले बताउनु भयो ।
बैद्य माओबादी आफै भित्र उब्जिएको उग्रबामपन्थी विचारको कारण चुनावमा आउन आलटाल गर्दै पार्टी विभाजनको औचित्य पुष्टि गर्नको लागि राष्ट्रिय स्वाधिनता र भौतीक आक्रमणको धम्की दिएर हिँडेको उहाँको आरोप छ ।
उहाँले आउँदो निर्वाचनमा नेकपा एमालले लोकतान्त्रीक शक्तिहरु संग तालमेल गर्न सक्ने सम्भावना समेत रहेको बताउनु भयो । आउँदो निर्वाचनमा एमाले बहु पहिचान सहितको संघियता, सामाजिक न्याय सहितको अग्रगामी लोकतन्त्र, सबल राष्ट्रियता र आर्थिक समृद्धीको एजेण्डामा केन्द्रित रहने समेत बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग