Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका लागि निर्वाचन अधिकृतहरु चयन

Published on 12:55:00 AM //

प्रेम सुनार
असौज १ गुल्मी । आगामी संविधान सभाको निर्वाचानका लागि गुल्मीका तिन वटै क्षेत्रमा सरकारले निर्वाचन अधिकृत र प्रमुख निर्वाचन अधिकृत चयन गरेको छ । जिल्ल्ला न्याधिष ऋषिराम आचार्य गुल्मीका प्रमुख निर्वाचन अधिकृत चयन भएका छन् भने क्षेत्र नम्वर १ मा सर्वोच्च अदालतका उप रजिष्टार रामप्रसाद न्यौपाने, क्षेत्र नम्वर २ मा जिल्ला न्याधिष श्याम र क्षेत्र नम्वर ३ मा सर्वोच्चकै उपरजिष्टार हरिप्रासद कोईराला चयन भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार जगनाथ पौड्यालले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृतहरु चयन भए लगत्तै निर्वाचन कार्यालय स्थापना गर्ने कार्य पनि सुरु भएको छ । क्षेत्र नम्वर २ को निर्वाचन कार्यालय मंगलबारै उद्घाटन गरिएको छ भने अन्य दुई वटा क्षेत्रका लागि कार्यालय खोल्नका लागि ठाउँ खोजि भईरहेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । क्षेत्र नम्वर २ को निर्वाचन कार्यालय उद्घाटन गर्दै जिल्ला न्याधिष आचार्यले आगमी संविाधान सभा चुनाव शान्तिपुर्ण, भय रहित र स्वतन्त्र बनाउन सवै पक्षको सहयोग अपेक्षा राखेको र गुल्मीको निर्वाचनलाई नमुना निर्वाचन बनाउन सकिओस भन्ने कामना गरेको बताए ।
तम्घासमा नयाँ स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बोर्ड लगाईँदै । तस्बिर: तारा भुषाल
त्यस्तै प्रमुख जिल्ला अधिकारी ढकालले निर्वाचनका लागि जिल्ला प्रशासनको तिन "स" सयोग, सम्वन्वय र सुरुक्षा ब्यवस्थाको भुमिका हुने भएकोले त्यस भुमिका निभाउने बताए । उनले प्रशासननको ब्यवस्थापकिय भुमिका मात्रै भएको भन्दै चुनाव सफल बनाउने दलहरुको मुख्य भुमिका रहेकोले उहाँहरु बढि जिम्मेवार रहन आग्राह गरे ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग