Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनावमा यसरी धाँधली भयो, एक भोटको लागि लाखौंँको बार्गेनिङ: नेता छेत्री

प्रेम सुनार
गुल्मी, २८ मंसिर । एकीकृत नेकपा माअ‍ोवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले दोश्रो संविधानसभा निर्वाचनमा प्रजातान्त्रिक प्रकृयाको नाममा चुनावी व्यापार आरोप लगाएका छन् । यो चुनावमा मतदाता किन्न र प्रभावित पार्न करोडौँ रुपैयाँ खर्च गर्दा पनि निर्वाचन आयोगले कुनै वास्ता नगरेकोले संरचनागत रुपमै चुनावी व्यापार गरीएको उनको भनाई छ । क्रान्तिकारी पत्रकार संघले आज विहान सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
नेता क्षेत्रीले गणतन्त्र बचाउनका लागि मात्रै बहुमत मानेकोले अव सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । ‘१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतादेखि सहमतिमै शान्ति स्थापना गर्ने भन्ने हो, तर अघिल्लो संविधानसभामा काँग्रेस एमालेले नमानेपछि हामीले गणतन्त्रसंग बहुमत साटेका हाँै, तर अझै शान्ति प्रकृया निश्कर्षमा पुगेको छैन’ क्षेत्रीले भने, "१२ बुँदे अनुसार सहमतिमै अघि नबढे केही कुरा अघि बढ्नेवाला छैन ।’
क्षेत्रीले काँग्रेस एमालेले भनेर अन्तरीम संविधान संसोधन गर्न मिल्ने तर एकीकृत नेकपा माओवादीले भनेर नमिल्ले भन्ने बखेडा झिकेर देशलाई अनिर्णयमा राख्न नहुने भन्ने तर्क गरे । ‘हिँजो उनीहरु साना दल हुँदा बहुमत विना गणतन्त्र दिन्नौँ भनेकोले अन्तरीम संविधानमै उल्लेख भएको सहमतिय प्रणलीलाई लत्याएर संविधान संसोधन गरीयो", उनले भने, "तर अहिले हामीले १२ बुँदे र विस्तृत शान्ति सम्झौता अनुसार नै सहमतिमा अघि बढौँ भन्दा नमिल्ने कसरी हुन्छ ?’ छेत्रीले आफू चुनावपछि आफ्नो क्षेत्रका २८ वटै गाविसमा घुम्दा संरचनागत धाँधलीको पुष्टि भएको समेत बताए । देशैभरी यस्तो धाँधली भएकोले निश्पक्ष छानविन आयोग गठन गरेमा सहमतिय आधारमा संविधान बनाउन एमाओवादी तयार रहेको बताए । ‘निश्पक्ष छानविन आयोग गठन भयो भने एमाओवादी संविधानसभामा गएर सहमतिय आधारमा संविधान बनाउन तयार छ’, क्षेत्रीले भने ।
एमाअ‍ोवादी ३ नं क्षेत्रीय संयोजक बुद्धि जिसीले चुनावमा विपक्षले गरेका धाँधलीका थुप्रै प्रमाण भएको जिकीर गरे । उनले मरभुङ लगायतका गाविसमा मतदान केन्द्रमै मतदातालाई हातमा पैसा थमाएको  आरोप समेत लगाए । ‘एउटा भोटको लागि लाखौँको बार्गेनिङ भएको छ, मतदान स्थलमै पैसा दिएको प्रमाण हामीसंग छ – उनले भने – अघिल्लो चुनावमा हामीले त्यो रोकका थियौँ तर अहिले चुनावका नाममा व्यापार भयो ।’ क्षेत्र नम्वर १ का संयोजक युवराज के.सीले कांग्रेस उमेदवार कृष्ण छन्त्यालले पैसा बाँडेको थुप्रै प्रमाण आफुहरुसंग भएको दावि गरे । उनले भने–‘कतै पाँच लाख रुपैयाँ मोटरबाटोका नाममा कृष्ण छन्त्यालले बाँडेका छन भने कतै पैसा दिने आश्वासन र त्यही आश्वसन पुरा गर्न नसकेर छन्त्याललाई विजय ¥याली मनाउन जाँदा कांग्रेसकै कार्यकर्ताले आक्रमण गरे । ‘ के त्यो प्रमाण होईन ? उनले यस्तो प्रति प्रश्न गर्दै भने–‘ अर्लाङ्गकोटमा तरुण दलका युवाहरुले नेतृत्व गरेको क्लवलाई ५० हजार दिन्छु भनेका रहेछन् त्यो नदिएपछि उनिहरुले उनको गाडी तोडफोड गरेर लघारे । ’ कृष्ण छन्त्याल मात्रै एउटा यस्तो विजयी उमेदवार हुन जो चुनाव जितेर पनि विजय ¥याली गर्न सकेनन र मतदातालाई धन्यबाद नदिई काठमाण्डौ पुगे । बरु हारेका उमेदवारहरु गाउँमा पुगेर मतदातालाई धन्यवाद दिए तर छन्त्याल फर्केर आएका छैनन् ’ केसीले भने ।
पत्रकार सम्मेलमा बोल्दै नेता श्रेत्री तस्बिर: प्रेम सुनार 

आफु नोकर बनेर जनतालाई मालिक बनाउँछु: चन्द्र भण्डारी

सागर भण्डारी
गुल्मी, मसिंर २८ । नेपाली काँग्रस वामी गाउँ कार्य समितिले आज गा.विसका विभिन्न वडाहरुमा विजयी ¥याली तथा जनभेटघाट सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का उम्मेदवार चन्द्र भण्डारीको विजयी पश्चात आज पहिलो पटक गा.विसको वडा नं १,२,३,४,५ र ६ का विभिन्न ठाउँहरुमा पुगेर विजय उत्सव मनाईएको थियो ।

उक्त अवसरमा बोल्दै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का सविंधान सभा सदस्य चन्द्र भण्डारीले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै यो जित नेपाली काँग्रसको मात्र नभएर सम्पूर्ण जनताकै जित भएको भन्दै अब आफु नोकर बनेर जनतालाई मालिक बनाउने भन्दै दलित तथा आर्थिक अभावमा विद्यालयको पहुँच भन्दा टाढा रहेका बालबालिकाहरुलाई विद्यालय सम्म ल्याउनको लागि आफुले यस भन्दा पहिलेनै आफ’ले पाउने तलब जनताका गरिब बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेको भन्दै यसले गरिब बालबालिकाहरुले पनि शिक्षाको पह’ँचसम्म पुग्ने कुरामा आफु विस्वस्त रहेको बताउन’भएको थियो  ।साथै थप बोल्दै भण्डारीले यस भन्दा अघिको चुनावमा आफु पराजित भएर पनि यस क्षेत्रको विकासको लािग कटिबद्ध भएर लागिपरेको भन्दै आगामी दिनमा पनि समग्र गुल्मीको विकासको लागि अनवरत रुपमा लागि पर्ने कुरामा स्पष्ट पार्नुभएको थियो ।

उक्त ¥यालिमा नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाली काँग्रेस सगंठन िवभाग प्रमुख शालिक पन्थी, महिला सञ्जाल जिल्ला उपाध्यक्ष कल्पना घिमिरे, नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य सन्तोष शाक्य, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का क्षेत्रीय सदस्य सुदर्शन शाक्य, ईलाका नं ९का ईलाका सदस्य दिनेश खाति, वामी गाउँ कार्य समिति सभापति कृष्ण हरी सापकोटा, उपसभापति भिमसेन के.सी सचिव तेजेन्द्र बहादुर जि.सी र डिलाराम खरेल, पुर्व उपसभापति फन बहादुर रायमाझी, नेपाल तरुण दल वामी गाउँ कार्य समिति सभापति विक्रम श्रेष्ठ, लगायत पार्टीका अगुवा कार्यकर्ता, भातृ सगंठनका पदाधिकारी लगायत पार्टी प्रति आस्थावान व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


राष्ट्रपतिको निर्वाचन लोकतन्त्रको स्वभाबिक प्रक्रिया होे ःएमाले नेता ज्ञवाली

अनिल खत्री 
गुल्मी, मंसिर २८ । संबिधान सभा निर्वाचन पश्चात पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिन क्षेत्र भ्रमण अभियानमा रहनु भएका नेकपा एमाले नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रपतिको निर्वाचन आवश्यक भएको बताउनु भएको छ । गुल्मीको दिगाम, हर्दिनेटा र खर्ज्याङमा आयोजित कार्यक्रममा संबिधान सभाको निर्वाचनबाट नयाँ शक्ति सन्तुलन कायम भएको र ताजा जनादेशको सम्मान गर्दै संबिधान सभाबाट अघिल्लो संबिधान सभाले जस्तै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएकोे हो । बर्तमान राष्ट्रपति डा.रामबरण यादव फेरि पनि राष्ट्रपति बन्न सक्ने तर संबिधान सभाबाट बिश्वासको मत हासिल गरि पुर्ननिर्वाचित हुनु पर्ने वा निर्वाचनबाट ​नयाँ ब्यक्ती राष्ट्रपति हुन सक्ने हुनाले लोकतन्त्रमा आवधीक निर्वाचनको बिधी अनुसार प्रतिस्पर्धाबाट राष्ट्रपतिको चयन हुनु पर्नेमा जोड दिनु भयो । नेकपा एमाले पोलिट ब्यूरो सदस्य  प्रदिप कुमार ज्ञवालीले कार्यकर्ता भेटघाटको क्रममा चुनावी दौरानमा गरिएका बाचाहरु पुरा गर्ने प्रतीबद्धता जनाउनु भएको छ ।
चुनावमा हार जित स्वभाबिक कुरा हो,चुनाव हारे पनि हामी जनताकै माझमा छौ, जनताका सुख,दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने छ , उहाँले भन्नुभयो एउटा पराजय बाट निरास नबनौ कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै आगामी स्थानिय तथा राष्ट्रिय निर्वाचनमा अत्याधिक मतका साथ बिजय हासिल गर्ने गरि पार्टीको बिकास गरौ भन्दै कार्यकर्ताहरुलाई उचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । गुल्मीको दिगाम, हर्दिनेटा र खज्र्याङ्गमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष टोमलाल पाण्डे , लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी, जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, बिष्णु प्रसाद पौडेल, २ नं.क्षेत्रिय कमिटी सदस्य तेजकान्त अर्याल, दिगाम गाउँ कमिटी अध्यक्ष शम्भु ज्ञवाली, हर्दिनेटा गाउँ कमिटी अध्यक्ष नरपति काफ्ले , खज्र्याङ्ग गाउँ कमिटी अध्यक्ष माधव ज्ञवाली लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरुको ब्यापक सहभागिता रहेको थियो ।


एउटा पराजयबाट निरास नबनौ, कमी कमजोरी सच्चाएर अघि वढौं ः नेता ज्ञवाली

जनार्दन घिमिरे
गुल्मी, २६ मंसिर । पुर्व मन्त्री तथा नेकपा एमाले प्रचार बिभाग प्रमुख प्रदिप कुमार ज्ञवालीले निर्वाचन पश्चात आफनो निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिनका लागी क्षेत्र भ्रमण अभियान सुरु गर्नु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीसंग पराजित हुनुभएका एमाले पोलिट ब्यूरो सदस्य  प्रदिप कुमार ज्ञवालीले कार्यकर्ता भेटघाटको क्रममा चुनावी दौरानमा गरिएका बाचाहरु पुरा गर्ने प्रदीबद्धता जनाउनु भएको छ ।

चुनावमा हार जित स्वभाबिक कुरा हो, चुनाव हारे पनि हामी जनताकै माझमा छौ, जनताका सुख, दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने छ , उहाले भन्नुभयो । एउटा पराजयबाट निरास नबनौ कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै कार्यकर्ताहरुलाई थप उँचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । गुल्मीको रिडी ,ग्वादी र रिमुवामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।  

अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, नेकपा एमाले लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी, जिल्ला कमिटी उप सचिव बालसिंह काउछा, लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

अहिलेको चुनावमा पैसाले बबाल गरेको एमाओवादी नेता वरालको आरोप

Published on: // , ,
प्रेम सुनार
गुल्मी २३ मंसिर । मतदातालाई धन्यवाद ज्ञापन गर्न पुगेका एकिकृत नेकपा माओवादीका नेता एवं संविधान सभा चुनावमा गुल्मी क्षेत्र नम्वर १ का उमेदवार सुदर्शन बरालले यसपालीको चुनावी पैसाको कमाल भएको आरोप लगाएका छन् । उनले आईतवार सो क्षेत्रको खैरेनीमा भएको २ नम्वर ईलाका स्तरिय समिक्षा बैठकमा यस्तो बताएका हुन् । सम्पन्न संविधान सभा चुनावको समिक्षा एवं मतदाता भेटघाट कार्यक्रमलाई सम्वोधन गदै वरालले षडयन्त्र र पैसाको खेल भएको भन्दै बेलैमा त्यो बुझन र रोक्न नसक्नु आफ्नो पार्टीको पनि कम्जोरी रहेको बताए । उनले गाउँका जनताको दुख सुखमा साथ दिदै आएका उमेदवारहरुले नजितेर काठमाण्डौमा आलिसान महलमा बसेकाहरुले चुनाव जित्नुले त्यसको पुष्टी गर्छ’–उनले यस्तो जिकीर समेत गरे ।
सो ईलाका अन्तरगत जुनिया, जोहाङ्ग, हसरा, लिम्घा, अस्लेवा र ठुलोलुम्पेक गाविसका अगुवा कार्यकर्ताहरुसंग उनले कार्यकर्ताहरुसंग चुनाव सम्वन्धी रिपोर्टिङ्ग गरेका थिए । रिर्पोटिङ्गका क्रममा कार्यकर्ताहरुले मतदान गर्ने बेला सम्म तेश्रो सुरुक्षा घेरामा रहेको सेना मतपेटीका सदरमुकाम लैजाने क्रममा कसैलाई बस्न नदिएर नियन्त्रणमा लिएको प्रति आसंका लागेको बताएका थिए । २०३६ सालमा बहुदल निर्दलको चुनाव बाहेक अहिले सम्मका अरु चुनावमा सेना वा प्रहरीले राजनैतिक दलका प्रतिनिधी नराखी आफुहरुले मात्रै मतपेटीका हिडालेको नदेखेको भन्दै यस पाली सुरुक्षा निकायको यो रवैयाले आशंका गर्ने ठाउँ प्रशस्त रहेको अस्लेवाका अगुवा कार्यकर्ता शेरबहादुर चौहानले बताए । चुनावको अघिल्लो रात विपक्षीहरुले पैसा बाँडेको, भोज भतेर गरेको त्यहाँका कार्यकर्ताहरुको आरोप थियो ।
कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार पुर्णबहादुर रानाले षडयन्त्र पुर्वक भएको चुनावको हारबाट कार्यकर्ताहरुले मनोवाल नगिराई परिर्वतनका पक्षमा लाग्न निर्देशन दिएका थिए । कार्यक्रममा सो क्षेत्रका संयोजक युवराज के.सी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष घनश्याम खरेल लगायतले मन्तब्य राखेका थिए ।

मण्डेलाको श्रद्धाञ्जली सभामा परराष्ट्रमन्त्री जाने, तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं, मंसिर २२ - सरकारले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेला निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंसिर २३ देखि २५ गतेसम्म तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले तीन दिनसम्म  सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ । बैठकले मंसिर २५ गते दक्षिण अफ्रिकामा हुने श्रद्धाञ्जली सभामा सरकारका तर्फबाट गृह एवं परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा एक प्रतिनिधिमण्डलले भाग लिने समेत निर्णय भएको छ ।
बैठकले मण्डेलाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ९५ वर्षीय मण्डेलाको शुक्रबार निधन भएको थियो ।

सत्य कुरा बोलेर चुनाव नजितीने रहेछ ः क्षेत्री

जनार्दन घिमिरे
गुल्मी, २२ मंसिर । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बामदेव क्षेत्री आफ्ना मतदाताहरुलाई धन्यवाद दिनकालागि आजदेखि गाउँ पसेका छन् । भर्खर सम्पन्न संविधानसभा चुनावमा गुल्मी क्षेत्र नं ३ बाट चुनाव एमाले उम्मेदवार गोकर्ण विष्टसँग पराजीत भएका क्षेत्री अहिले आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिन र आफूमा भएका कमजोरीको समिक्षा गर्न उनी गाउँ पसेका हुन् । 
गाउँ पस्ने क्रममा नेता क्षेत्रीले सञ्चाकर्मिसँग कुरा गर्दै, चुनावी यात्राका क्रममा भोट माग्नकालागि सत्य कुरा बोलेर चुनाव नजितिने रहेछ भन्ने कुरामा यो चुनाववाट आफु स्पष्ट भएको वताए । आफू जस्तोसुकै अबस्थामा पनि जनतासंग सत्यमात्रै बोल्नुपर्छ भन्ने सोँचेर गर्न सक्ने कुरा मात्रै बोलेको उनको भनाई छ । ‘जनता संग सत्य र यथार्थ बोल्नुपर्छ भनेर त्यहीँ बोलेँ, गर्न नसक्ने ठूला सपना देखाएर ढाँटिन– उहाँले भन्नुभयो– तर चुनामा झुट बोल्नुपर्ने रहेछ ।’ 
क्षेत्र न्मवर ३ को विकासको कार्ययोजना र खाका आफूले बनाएकोले सोही अनुरुप चुनावी एजेण्डा बनाएको वताए । आफ्नो योजनाको कुरा बाहेक अन्य कुरा गर्न आफूलाई उचित नलागेको र आफू एकचित्त भएर सोही योजनामा लागेको उनको भनाई छ । ‘मगरातको राजधानी गुल्मीलाई नै बनाउनुपर्छ भनेर मैले लँडाई लडेको छु पार्टिभित्र उनले भने– मैले जनतालाई ढाँटिन, जे गर्न सक्छु, त्यही भनेँ ।’ 
आफ्नो कार्यक्षेत्र अवध भएपनि आफू गुल्मीका जन्मेको नाताले गुल्मीको विकासमा लागेको तर सोँचे अनुसार काम गर्न नसकेको उनले वताए । पछिल्लो पटक पार्टिको आवह्वान र खटन अनुसार आफू चुनावमा हतार हतारमा गुल्मी आएकोले धेरै जनतासंग भेटघाट गर्न नसकेको तर पनि यस क्षेत्रको विकासका आफू लागि रहने उनको भनाई थियो । 
 आफू ढाँटछल विनाको चुनावी अभियानमा सहभागी भएको संस्कार मात्रै देखेकोले यो चुनाव देखेर अचम्म लागेको भन्दै नेता क्षेत्रीले आफू गरीव र दलितको पक्षमा सँधै लड्ने भएकोले पत्रपत्रिकामा आफुले लेखको लेखको पारिश्रमिकवाट विपन्न विद्यार्थीको पढाईमा खर्चिने वताएका छन् । 

एमाओवादी गुल्मीद्धारा मतदाता भेटघाट सुरु

Published on: // , ,
प्रेम सुनार
गुल्मी २२ मंसिर गुल्मी । एकिकृत नेकपा मओवादीले दोश्रो संविधान सभा चुनावमा सो पार्टीका उमेदवारलाई मतदान गर्ने मतदाता र अगुवा कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रम जिल्लाका तिन वटै क्षेत्रमा सुरु गरेको छ ।
 सो पार्टीका क्षेत्र नम्वर १ का उमेदवार सुदर्शन वरालले सो क्षेत्रको रुद्रवेण्ीदेखि मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन् भने २ का उमेदवार अशोक थापाले बलेटक्सारबाट र ३ का उमेदवार वामदेव क्षेत्रीले नयागाउँबाट भेटघाट सुरु गरेका हुन् ।
क्षेत्र नम्वर १ मा जिल्ला कमिटीका संयोजक समेत रहेका बराल, क्षेत्रिय संयोजक युवराज केसी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष घनश्यमा खरेल लगायतबका नेताहरु हिजो रुद्रवेण्ी हुँदै शान्तिुपर ईलाका , विशुखर्क र आज तुराङ्गको मजुवामा मतदाता भेटघाट तथा ईलाका स्तरिय समिक्षा बैठकमा सहभागि भएका छन् ।
  एक महिना सम्म चलाईने अभियानका क्रममा सो पार्टीलाई हराउन देशी विदेशी शक्तिहरुले षडयन्त्र गरेको भन्दै त्यसको भण्डाफोर समेत तिब्र रुपमा गरिने जिल्लाका विशेष ईन्चार्ज समेत रहेका केन्द्रिय सदस्य दिनेश पन्थीले बताए ।  
 त्यस्तै क्षेत्र  नम्वर २ मा  उमेदावार अशोक थापाले वलेटक्सारमा ईलाका स्तरिय समिक्षा बैठक गरी मतदातासंग भेटघाट सुरु गरेका छन् । कार्यक्रमा राज्य समिति सदस्य मानिराम ज्ञवाली लगात सहभागि छन् । क्षेत्र नम्वर ३ मा नयाँ गाउँबाट भेटघाट सुरु गरेका उमेदवार वामदेव क्षेत्रीका साथमा ३ नम्वर क्षेत्रिय संयोजक बुद्धि जिसी क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगायत सहभागि रहेका छन् ।
 मतदाता भेटघाट कार्यक्रममा एकिकृत नेकपा माओवदीमा मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गरिने, ईलाका र गाउँ कमिटी स्तरिय समिक्षा बैठक गरिने र चुनावमा आफ्नो पार्टीलाई हराउन गरिएको धाधलीको भण्डारफोर गरिने जिल्ला संयोजक सुदर्शन बरालले बताएका छन् ।

नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपति चुन्नुपर्ने : गोकर्ण विष्ट

Published on: // ,
२१ मंसिर, बुटबल । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन हुनुपर्ने बताउनुभएको छ । दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले सोही जनादेशअनुसार राष्ट्रपति चुन्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ रुपन्देही सम्पर्क मञ्चले बुटवलमा गरेको सम्मान कार्यक्रममा बोल्दै नेता विष्टले लोकतान्त्रिक शक्ति वा राजनीतिक पार्टीले नयाँ जनादेशलाई मान्नुपर्ने बताउनुभयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका नेता विष्टले सहमतिबाट संविधान निर्माणका लागि एमालेले अधिकतम प्रयास गर्ने र सो प्रयास सफल हुन नसके विधि तथा प्रक्रियाबाट दुई तिहाइको आधारमा संविधान जारी गरिने बताउनुभयो ।

निर्वाचन प्रक्रियामा भाग लिएपछि जनताको मतलाई अस्वीकार गर्न नपाइने बताउँदै उहाँले मत परिणामलाई स्वीकार गरेर संविधान निर्माण कार्यमा जुट्न एमाओवादीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीका सुझाव, सल्लाहलाई पनि ग्रहण गर्नुपर्ने बताउनुभयो ।

गुल्मी क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएका नेता विष्टले गुल्मीको विकासमा अभाव खड्किन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ रुपन्देही बुटवल सम्पर्क सम्ञ्चको आयोजनामा गुल्मी क्षेत्र नं. ३ गुल्मीबाट निर्वाचीत सभासद गोकर्णराज बिष्टलाई सम्मान कार्यक्रममा सहभागीहरु । 


चर्चित नेतासँग पनि कडा टक्कर थियो महिलाको

Published on: //
सीता शर्मा
काठमाडौँ, मङ्सिर २० गते ।  यही मङ्सिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ १० महिलामात्रै विजयी भए पनि केही महिला चर्चित नेतासँग कडा टक्कर लिन सफल भए ।
यसरी टक्कर लिन सफल नेत्रीमध्ये सुनसरी–३ मा नेकपा (एमाले)बाट प्रत्यक्षतर्फका उम्मेदवार भगवती चौधरी एक हुनुुहुन्छ ।
उहाँ आफ्नो प्रतिस्पर्धामा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग ३६२ मतअन्तरले मात्र हार्नुभयो ।  यो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धाका रहेकी गोमा पराजुली (अन्सारी)ले पनि तेस्रो स्थानमा मत प्राप्त गर्नुभयो ।
यस्तै एमालेकै अर्की नेत्री जुलीकुमारी महतो नेपाली काँग्रेसका महामन्त्रीसमेत भइसक्नुभएका विमलेन्द्र निधिलाई पछ्याउँँदै एक हजार ४२९ मतले हार्नुभयो ।
उता सुर्खेत–१ मा नेपाली काँग्रेसका पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई एमालेकै अर्की नेत्री कमला शर्माले कडा चुनौती दिनुभयो ।  विजयी खड्कासँग शर्माको एक हजार नौ सय मतमात्रै फरक रह्यो ।
काठमाडौँ–२ मा नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहनुभएकी प्रतिमा गौतम नेकपा
(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको निकटतम प्रतिस्पर्धीका रूपमा रहनुभयो ।  उहाँले ल्याउनुभएको मत एमाओवादीका नेता लीलामणि पोखरेलको भन्दा पाँच हजार बढी थियो ।
त्यसैगरी महोत्तरी–४ बाट सद्भावना पार्टीका सुरिता साह आफ्नो प्रतिस्पर्धामा रहनुभएका स्वतन्त्र उम्मेदवार चन्देश्वर झासँग १३५ मतले पराजित हुनुभयो ।  सबैभन्दा थोरै मतान्तरले हार्ने नेत्रीमध्ये नेपाली काँग्रेसका प्रमिला राई हुनुहुन्छ ।  उहाँलाई जम्मा २३ मतान्तरले हराउने महिला नेत्री नै हुनुहुथ्यो, नेकपा (एमाले)बाट मञ्जुकुमारी चौधरी ।
यसैगरी नेपाली काँग्रेसबाटै ताप्लेजुङ–१ बाट प्रतिस्पर्धामा रहनुभएकी लीलादेवी बोखिम (लिम्बू)ले १३९ मात्र कम मतले हार्न पुग्नुभयो ।  नेकपा (एमाले)को तर्फबाट कम मतान्तरले हार्नेमा गुल्मी–१ की मैनाकुमारी भण्डारी (१५९ मत), रौतहट–४ की सरलाकुमारी यादव (१९२ मत) र झापा–२ की पवित्रा निरौला (७२९ मत) हुनुहुन्छ ।
राजनीतिक विश्लेषक सीके लालले प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो हुनेले जित्ने भएकाले त्यसले बढी महìव पाउँछ तर प्रतिस्पर्धी चुनावमा दोस्रो र तेस्रो स्थानमा रहेर टक्कर दिएकालाई पनि कमजोर भन्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले महिलाले एकातिर थोरै सिट पाए भने अर्कातिर सिट पाउने महिलाले पनि पार्टीको कमजोर प्रभाव भएको ठाउँमा पाए ।  यसले गर्दा यस पटकको प्रत्यक्ष निर्वाचनमा कम महिलामात्रै आएका हुन् भन्नुभयो ।
विश्लेषक सीके लालले भन्नुभयो, “पार्टीको सङ्गठन बलियो भएको स्थानमा महिला पुरुष भन्ने हुँदैन, जसले पनि जित्छ तर विडम्बनाको कुरा के छ भने पार्टीको नेतृत्व तहमा रहेका पुरुष नेतामा महिलाले चुनाव जित्नै सक्दैन भन्ने सोच र चिन्तन हावी छ । ”
एमालेकी नेत्री बिन्दा पाण्डेले आर्थिक सहयोग वितरण र कार्यकर्ता परिचालनमा समेत पुरुष उम्मेदवारलाई महìव दिइएको भन्दै पार्टीले पुरुष उम्मेदवारलाई जति नै महìव दिएर सहयोग गरेको भए यस पटक प्रत्यक्षमा निकटतम प्रतिस्पर्धीमा रहेका अधिकांश महिलाले जित्ने सम्भावना रहेको बताउनुभयो । -गोरखापत्र दैनिकबाट

अबको प्रधानमन्त्री को?

Published on: //
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने निश्चित भए पनि कांग्रेसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयचाहिँ अझै स्पष्ट हुन सकेको छैन। सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको सम्भावित टक्करको परिणामबारे अहिले नै निष्कर्षमा पुग्न सकिने स्थिति छैन।
अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री पदको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित भइदिन तयार भएकोले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने तर्क कतिपय कांग्रेस नेताहरूको छ । स्वयं रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको जिम्मेवारी आफैँले पाउनुपर्नेमा दृढ हुनुहुन्छ । पराजित हुने निश्चित भएका बेलामा आफूलाई उम्मेदवार बनाउने र प्रधानमन्त्री बन्ने निश्चित हुँदाचाहिँ अरू–अरू नै अघि सर्ने कुराले नेता पौडेललाई दुःखी बनाएको छ । पौडेलका तर्क र अभिव्यक्ति जायज भए पनि भावी प्रधानमन्त्रीको टुङ्गो कांग्रेस संसदीय दलको बैठकले लगाउने निश्चित छ ।
विजयी सभासद्हरूमध्ये अभिकांश कोइराला या देउवाका समर्थक भएकोले दुईमध्ये एक संसदीय दलको नेता बन्ने विश्वास गरिन्छ । कांग्रेसमा प्रत्यक्षतर्फ विजयी सभासद् (१०५) मध्ये करिब चार दर्जन शेरबहादुर देउवा पक्षका रहेको बताइन्छ । खुमबहादुर खड्काको साथ देउवालाई भएको अवस्थामा प्रत्यक्षतर्फको ‘बहुमत’ देउवाको पक्षमा हुने देखिन्छ । पार्टीभित्र आफ्नो बेग्लै टिम बनाउन नसक्ने या नचाहने नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पहिले कोइराला पक्षले सघाएको हो । तर, यसपालि सुशील कोइराला आफैँ प्रधानमन्त्री बन्न इच्छुक भएकोले उहाँको समर्थन रामचन्द्र पौडेललाई प्राप्त हुन मुस्किल छ । त्यस्तो अवस्थामा ‘स्वतन्त्र’ लडेर पौडेल संसदीय दलको नेता बन्न कठिन मानिन्छ । यद्यपि कसलाई दलको नेता बनाउने भन्ने विषयमा पौडेलको भूमिका निर्णायक बन्नेचाहिँ निश्चित छ ।
कोइराला र देउवाबीच सहमति नभई प्रतिस्पर्धाको स्थिति बनेमा पौडेलको समर्थन जसलाई हुन्छ उही संसदीय दलको नेता बन्न सक्नेछन् । तीन शीर्षस्थ नेताहरूबीच टक्करको स्थिति रहेमा नयाँ पुस्ताका कुनै नेतालाई दलको नेता र प्रधानमन्त्री बनाइनुपर्छ भन्ने आवाज पनि सशक्त छ । नयाँ पुस्ताबाट डा.रामशरण महत र महामन्त्री प्रकाशमान सिंहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ । लामो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव र वैचारिक स्पष्टता एवम् राजनीतिक अडानमा दृढ डा. महतलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा त्यसको सकारात्मक सन्देश जाने ठम्याइ कांग्रेस भित्र धेरैको छ । त्यस्तै प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु उपयुक्त हुने मत पनि बलवान देखिन्छ । तर, तत्कालको स्थिति चाहिँ सुशील कोइराला र शेरबहादुर देउवा मध्ये एक संसदीय दलको नेता तथा प्रधानमन्त्री बन्ने छ ।
कोइराला र देउवा मध्ये जसलाई रामचन्द्र पौडेलले समर्थन दिनुहुन्छ उही व्यक्ति संसदीय दलको नेता बन्ने भएकोले पौडेलको मन जित्न दुवै नेताले प्रयास गर्ने स्थिति छ । हालसम्म पौडेलको साथ सुशील कोइरालालाई रहँदै आएको छ । यदि कोइरालाले ‘विश्वासघात’ गरेको ‘इम्पे्रसन’ पौडेललाई पर्यो भने पौडेल देउवाको पक्षमा उभिन पनि सम्भव मानिएको छ । तर, कोइरालाले पार्टीको कार्यवाहक सभापति पौडेललाई बनाएको अवस्थामा भने उहाँको समर्थन कोइराला तिरै हुने देखिन्छ । समानुपातिक तर्फ साठी प्रतिशत उम्मेदवार कोइरालाको र चालीस प्रतिशत मात्र देउवाको रहेकोले दुई नेताबीच चुनावी प्रतिस्पर्धा भएमा कोइराला नै विजयी बन्नुहुने सम्भावना छ । तर, राजनीतिक चालबाजीमा कोइरालाभन्दा देउवा अगाडि रहनुभएकोले देउवाले नै बाजी मार्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न।
विक्लीनेपाल डट कमबाट सभार

एमाओवादीले समानुपातिक सभासदको नाम सिफारिस नगर्ने

काठमाडौं, मंसिर १५ । आफ्ना शर्त पुरा नभएसम्म एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका सभासद् सिफारिस नगर्ने भएको छ ।
निर्वाचन आयोगले आइतबार सम्ममा दलहरुसँग समानुपातिकतर्फ सभासद बन्ने उम्मेदवारको नाम माग्ने तयारी गरिरहँदा एकीकृत माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।

पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटका एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फको नाम सिफारिस नगर्ने र प्रत्यक्षतर्फ जितेको प्रमाण पत्र पनि नबुझ्ने बताए।

तर केही विजयी उम्मेद्वारले भने यसअघि नै जितेको प्रमाण पत्र लिइसकेका छन् । उनले चुनाव आफ्नो पार्टीले जितेपनि चुनावमा संस्थागत र संरचनागत रुपमै धाँधली गरेर हराएको आरोप लगाए ।

एकिकृत माओवादीले उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरेर छानबिन गर्नुपर्ने र संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने माग गर्दै आएको छ ।

मतदातालाई धन्यावाद दिदै यसरी गाउँ डुल्दै छन गोकर्ण बिष्ट (फोटो फिचर)

अनिल खत्री
गुल्मी, मंसिर १२ । नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ बाट संबिधान सभा सदस्यमा नव निर्वाचित सभासद नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गोकर्णराज बिष्ट यति बेला आफुले चुनाव जितेको क्षेत्र गुल्मी क्षेत्र नं. ३ का प्रत्येक गाबिसमा अफुलाई चुनावमा बिजयी गराउन सफल मतदाताहरुलाई धन्यावाद दिँदै फेरि गाबिसहरुमा फर्कनु भएको छ ।
आज अर्जै, छापहिले, घमिर, अर्खावाङ, दर्लिङ्ग लगायतका गाबिसमा रहेका मतदाताहरु संग पुगी धन्यावाद ज्ञापन गर्दै आफु गुल्मी क्षेत्र नं. ३ बाट नेकपा एमालेको तर्फबाट बिजयी भए पनि साझा उमेदवारको रुपमा रहेर बिकस निमार्णका काम गर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै एमाले नेता बिष्टले आफुले गरेका प्रतिबद्धता पुरा गर्न र संबिधान निमार्ण गर्न आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । पुर्व मन्त्री समेत रहेका बिष्टले लोकतन्त्र राम्रो पक्ष भनेको जनताको जनमतलाई स्वीकार्नु हो त्यसैले एकिकृत नेकपा माओवादीलाई जनताको जनतमत स्वीकार्य र लोकतान्त्रिक संबिधान निमार्ण कार्यभार पुरा गर्न लाग्न आग्रह गर्नु भएको छ । जनताको समृद्धीका,संबिधान निमार्ण र बिकास निमार्णका कामलाइ समेत पुरा गर्नु आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । साथै आफु र आफनो पार्टीलाई बिजयी गराउन लाग्नु हुने सम्पुर्ण कार्यकर्ता, जनवर्गिय संगठन आमा बुवा सम्पुर्णलाई धन्यावाद दिनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्यहरु हिरा एसी, प्रचार बिभाग प्रमुख शेषकान्त गौतम, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, अनेरास्वबियू जिल्ला कमिटी अध्यक्ष ओम कार्की, पुर्व अध्यक्ष रमेश काउछा,कलाकार सन्तोष लम्साल पत्रकार शिव सुबेदी लगायतको सहभागिता रहेको थियो ।










जनताको जनमतलाई कदर गर्नुस् ः एमाले नेता बिष्ट

अनिल खत्री
गुल्मी, मंसिर ११ । नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं.३ बाट  संबिधान सभा सदस्य मा नव निर्वाचित सभाषद गोकर्णराज बिष्टले एकिकृत नेकपा माओवादीलाई जनताको जनमत स्वीकार्न आग्रह गर्नु भएको छ  । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको बिजय ¥यालीको क्रममा मंगलवार दोहोली, दर्लामचौर, इस्मारजस्थल, अम्मपुर लगायतका बिभिन्न गाबिसमा गरिएको बिजय ¥यालीको कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । लोकतन्त्र राम्रो पक्ष भनेको जनताको जनमतलाई स्वीकार्नु हो त्यसैले एकिकृत नेकपा माओवादीलाई जनताको जनतमत स्वीकार्य र लोकतान्त्रिक संबिधान निमार्ण लाग्न आग्रह गर्नु भएको छ ।  पुर्व मन्त्री समेत रहेका बिष्टले आफु बिगतमा हारेर पनि जनता संग रहेर बिकास निमार्णको काम गरेको र अहिले फेरि यसै क्षेत्रबाट बिजयी भए पनि साझा उमेदवारको रुपमा रहेर यस क्षेत्रको बिकास निमार्णमा लाग्ने बताउनु भएको छ ।
संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिएको र  जनताको स्विकार्य संबिधान निमार्ण गर्नु मुख्य काम भएको र जनताको समृद्धीका लागी बिकासका कामलाई समेत आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । साथै आफु र आफनो पार्टीलाई बिजयी गराउन लाग्नु हुने सम्पुर्ण कार्यकर्ता, जनवर्गिय संगठन, आमा बुवा सम्पुर्णलाई समेत धन्यावाद दिनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्यहरु हिरा एसी, नारायण पैयानी, कृष्ण घिमिरे, लक्ष्मण बिष्ट, प्रचार बिभाग प्रमुख शेषकान्त गौतम, पुर्व जिल्ला कमिटी सदस्य कलानिधी भण्डारी, क्षेत्रिय कमिटी सदस्य चुरा बिष्ट, रामेश्वर अर्याल, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, अनेरास्वबियू जिल्ला कमिटी अध्यक्ष ओम कार्की, पुर्व अध्यक्ष रमेश काउछा, कलाकार सन्तोष लम्साल पत्रकार टोपलाल अर्याल लगायतको सहभागिता रहेको थियो । बिजय ¥याली गुल्मी क्षेत्र न.३ का २८ वटै गाबिसमा पुगेर धन्यावाद दिने कार्यक्रम रहेको नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले जनाएको छ ।

गुल्मीमा १३ दलको समानुपातिकमा निल

बिष्णु पौडेल
गुल्मी । गुल्मीका तीन ओटा निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलले समानुपातिक तर्फ एक मत पनि पाएका छैनन् । गुल्मी १ मा सबैभन्दा धेरै ८, गुल्मी २ मा २ र गुल्मी ३ मा ३ गरी १३ राजनीतिक दलले एक मत पनि नपाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शनिवार राती सकिएको मतगणनाअनुसार गुल्मी–१ मा संघीय सदभावना पार्टी, संघीय समावेशी समाजवादी पार्टी, सोसल रिपब्लिकन पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जन विकास पार्टी, सहकारी पार्टी, नेपाल शान्ति क्षेत्र परिषद् र राष्ट्रिय चुरेभावर पार्टी नील भएका हुन् । यस्तै गुल्मी–२ मा सोसल रिपब्लिकन पार्टी र मधेसी जनअधिकार फोरम मधेस निल छन भने गुल्मी–३ मा ओम सेना नेपाल, तराई पहाड हिमाल समाज पार्टी र राष्ट्रिय जन विकास पार्टीले पनि एक मत पनि ल्याएका छैनन् । त्यस्तै गुल्मी १ मा १०, गुल्मी २ मा ९ र गुल्मी ३ मा पनि ९ दलले १-१ मत मात्रै पाएका छन् ।
समानुपातिकतर्फ सहभागि १ सय २२ दलमध्ये गुल्मीमा सबैभन्दा बढी नेकपा एमालेले ४४ हजार ५ सय ३५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । एकीकृत नेकपा माओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ । क्षेत्रगत रुपमा नेकपा एमालेले गुल्मी–१ बाट ९ हजार ७ सय ७०, नेपाली कांग्रेसले १० हजार ३ सय ८६ र एकीकृत नेकपा माओवादीले ३ हजार ९ सय ९९ मत ल्याएको छ ।

हारेका उम्मेदवारले मतदातालाई भने ‘धन्यबाद’

विशाल भट्टराई
गुल्मी, मंसिर ९ । संबिधानसभा सदस्य निर्वाचन २०७० मा पराजीत भएका यहाँका उम्मदवारहरुले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लाबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागि भएर पराजय बेहोरेका मुख्य दलका नेताहरुले मतदातालाई धन्यबाद दिएका हुन् ।
गुल्मीको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य प्रदिप कुमार ज्ञवालीले आफ्नो फेसबुक मार्फत सम्पूर्ण उम्मेदवारलाई धन्यबाद दिएका हुन् । त्यस्तै एमाओबादीबाट उम्मेदवार बनेका क्षेत्र नम्बर १ का शुदर्शन बराल, २ का अशोक कुमार थापा र ३ का बामदेब क्षेत्रीले पनि प्रेस विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएका हुन् । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका त्रैलोक्य प्रताप सेनले प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण मतदाता प्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
राप्रपा गुल्मीले पनि सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएको छ । सम्पूर्ण उम्मेदवारहरुले आफूहरु भविष्यमा पनि जनताको सुख दुखमा सँगै रहने प्रतिवद्धता ब्यक्त गरेका छन् । यसैबिच नेपाली कांग्रेस गुल्मीका सभापति चन्द्र केसीले आईतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएका छन् । साथै उनले नेपाली कांग्रेसबाट संबिधान सभा सदस्य बनेका नेताहरु सधै जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

गुल्मीबाट २७ उम्मेदवारको जमानत जफत

विशाल भट्टराई
गुल्मी, मंसिर ९ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरेर २७ उम्मेदवारहरुको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने सम्पूर्ण उम्मेदवारहरुको जमानत जफत भएको हो । तीन मुख्य ठूला दलहरु कांग्रेस, एमाले र एमाओबादीमा क्षेत्र नम्बर २ का एमाओबादी उम्मेदवार अशोक थापाको मात्रै जमानत जफत भएको छ । उनले ९.९५ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् । यी ठूला दलका अरु उम्मेदवारहरुको भने जमानत जफत भएको छैन् । जमानत जफत हुने अरु उम्मेदवारहरुले ३ प्रतिशत भन्दा बढी मत ल्याएका छैनन् । अधिकांश १ प्रतिशत मत पनि नल्याउनेको सूचीमा छन् । जिल्लाबाट उम्मेदवारी दर्ता गराएका राप्रपा नेपाल, राप्रपा, जनमुक्ति पार्टी, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, श्रमीक जनता पार्टी, नेकपा माले, अखण्ड नेपाल पार्टी, लोकतान्त्रीयक युवा पार्टी र नेपाल परिवार दलका सम्पूर्ण उम्मेदवारहरुको जमानत जफत भएको छ ।
८ जना स्वतन्त्र उम्मेदवारहरुको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सम्पूर्ण उम्मेदवारहरुले मनोनयन दर्ताको समयमा बुझाएको ३ हजार रुपैँया पाउने छैनन् । जिल्लाको क्षेत्र नम्बर ३ मा ३८ हजार ९ सय ९, क्षेत्र नम्बर २ मा ४७ हजार ६८ र क्षेत्र नम्बर १ मा २९हजार २ सय २३ मत खसेको थियो ।

समानुपातिकमा गुल्मीमा एमाले अगाडी

घनश्याम गौतम
गुल्मी, ९ मंसिर– गुल्मीका दुई क्षेत्र जितेको कांग्रेस भन्दा एक क्षेत्र मात्र जितेको नेकपा एमालेले समानुपातिकमा धेरै मत पाएको छ । समानुपातिकमा नेकपा एमालेले नेपाली कांग्रेसले भन्दा ३ हजार ६ सय ७२ मत बढी ल्याएको हो ।
एमालेको ४४ हजार ५ सय ३५ मत छ, भने नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । समानुपातिका गुल्मीबाट तिनवटै क्षेत्रमा १ सय २२ दल मध्ये ५ पार्टीले मात्र कुनै पनि मत पाएका छैनन् । गुल्मीमा मतदाताले अन्य १ सय १७ दललाई मत दिएका छन् । तेस्रो स्थानमा एमाओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ, भने ३ हजार ६ सय २९ मत प्राप्त गरेर जनमोर्चा चौथो स्थानमा देखिएको छ । त्यस्तै राप्रपा नेपालले १ हजार ५ सय २१ मत ल्याएको छ, भने राप्रपाले १ हजार ४ सय ४६ मत प्राप्त गरेको छ ।

यस्तो छ गुल्मी क्षेत्र नं. १,२,३ को समानुपातिक तर्फको मत परिणाम:

नेकपा एमाले - ४४५३५
नेपाली कांग्रेस - ४०८६३
एमाओबादी - १४५३३
राष्ट्रिय जनमोर्चा - ३६२९
राप्रपा नेपाल - १५२१
राप्रपा - १४४६

हारे पनि निरास नहुनुस्: प्रदीप ज्ञवाली

Published on: // ,
धुर्कोट (गुल्मी), ७ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग पराजित भएपछि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सान्त्वना दिनुभएको छ । उहाँले फेरि विजय सुनिश्चित हुने भन्दै मतदाता र कार्यकर्तालाई धन्यवादसमेत प्रकट गर्नुभएको छ ।
गएराति निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि ज्ञवालीले आज बिहान आफ्नो फेसबुकमार्फत “यो यात्रा हो जुन निरन्तर जारी रहने छ” ज्ञवालीले भन्नुभएको छ– “निरास नबनाँै, एकछिन डाँडापारी लुकेको सूर्य फेरि उदाउने छ ।”
ज्ञवालीले पराजयको कारण कोही नभएर आफैँमा कमजोरी भएको हुनसक्ने समेत बताउनुभएको छ । “यो प्रतिकुल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु, सायद उम्मेदवारको रुपमा ममा नै कमी थिए कि ?” – ज्ञवालीको भनाइ छ । ज्ञवालीले गुल्मीको विकास र गुल्मीवासीको दुःखसुखमा आफ्नो उपस्थिति सदैव रहने समेत बताउँदै आशिष दिने बुबाआमा, ससाना नानीहरु, ज्यान हत्केलामा राखेर खट्ने युथफोर्सका कार्यकर्ता र सम्पूर्ण प्रवासीलाई समेत धन्यवाद दिनुभएको छ ।
राति अबेर सम्पन्न मतगणना परिणामअनुसार क्षेत्र नं २ मा नेपाली काँग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । उहाँले दुई हजार ५७३ मत अन्तरले नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएको हो । निर्वाचन कार्यालयका अनुसार भण्डारीको २१ हजार १८७ मत आएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप ज्ञवालीको १८ हजार ६१४ मत आएको छ ।
तेस्रो हुने एकीकृत नेकपा (माओवादी)का अशोक थापाले भने चार हजार ५१८ मत मात्रै प्राप्त गर्नुभएको छ । यसअघि एमालेका ज्ञवालीले जितेको सो क्षेत्रमा ६० हजार ३८४ मतदातामध्ये ४७ हजार ८३ जनताले मत खसालेका थिए । रासस 

गुल्मी क्षेत्र नम्वर १ वाट कुन उम्मेदवारले कति मत पाए ? (पुरा विवरण)

Published on: //
गुल्मी क्षेत्र नम्वर १ वाट कुन उम्मेदवारले कति मत पाए ? (पुरा विवरण)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग