Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लामाखर्क रुपन्देही सम्पर्क समाजले बाँड्यो दशैं शुभकामना

Published on 1:47:00 AM //

बुटवल, असोज ५ । गुल्मीको ज्ञवा बलेटक्सार–९ लामाखर्कबाट रुपन्देही तथा आसपासका क्षेत्रमा आई स्थाई, अस्थाई रुपमा बस्दै आएका लामाखर्केलीहरुबीच दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
लामाखर्क रुपन्देही सम्पर्क समाजका अक्ष्यक्ष इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न कामको सिलसिलामा रुपन्देही छिरेका व्यक्तिहरुको उपस्थिती रहेको थियो । दिउँसो २ बजेदसख ४ बजेसम्म बुटवल कालिकानगरमा बसेको समाजको भेलाले आफूले विगतमा गर्दै आएका कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा गर्ने सामाजिक कार्यक्रमको बारेमा पनि छलफल गरेको समाजका सचिव गोकर्ण प्रकास ले बताए । सम्पर्क समाजले अहिले पहिलो पटक दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै समाजका प्रतिनिधिहरुले गाउँ वाहिर आफूहरु छरिएर रहेतापनि यस्ता भेटघाट कार्यक्रमले आफूहरुलाई गाउँले बिचको सम्बन्ध बलियो बनाउने र गाउँ सम्झेर फर्कन बाध्य पार्ने बताएका थिए । यो दशैंमा सबैलाई गाउँ फर्केर आपसी र मैत्री सत्भाव कायमगर्दै, उत्लासमय तरिकाले  दशैं मान्न र मनाउन सहभागीबीच अहिलेदखि नै रहर जागेको कुरापनि गोकर्णले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग