Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाईसियल तम्घासको अध्यक्षमा फुल्देल

Published on 1:52:00 AM //

प्रेम सुनार
असौज–५, गुल्मी । केहि दिन अघि नेपाली कांग्रेस परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका तम्घास उदिन ढुङ्गाका लक्ष्मण फुल्देल सो पार्टीको युवा संगठन वाईसियल नेपाल तम्घास गाउँ कमिटीको अध्यक्ष चयन भएका छन् ।
शनिबार सदरमुकाममा बसेको सो पार्टीको तम्घास गाउँ कमिटीको बैठकले फुल्देलाई अध्यक्षको जिम्मेवारी दिएको हो । उपाध्यक्षमा तिलक शर्मा मरासिनी, सचिवमा सुभाष मरासीनी, सह–सचिवमा रमेश चुँदरा, सदस्यहरुमा कृष्ण खनाल, कृष्ण पौड्याल, शान्ता बि.क., नारायण सुनार, जिवन सुनार, प्रदिप वराल,श्रीकृष्ण वराल, भगवान नेपाल र गणेश चुँदरा रहेका छन् ।
विस्तारित बैठकले तम्घास गाउँ कमिटीका अन्य जन वर्गिय संगठनहरुको पनि गठन पुनर गठन गरी आगमी संविधान सभा चुनावलाई धाँधली रहित बनाउन स्यंम सेवीको भुमिका निभाउने निर्णय गरिएको वाईसियल ८ नम्वर ईलाका अध्यक्ष जनक पन्थले जानकारी गराए ।
एकिकृत नेकपा माओवादी २ नम्वर क्षेत्रिय संयोजन अशोक थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ८नम्वर ईलाका ईन्चार्ज मनिराम ज्ञवालीले पनि प्रशिक्षण दिएका थिए । बैठक तम्घास गाउँ कमिटी अध्यक्ष धर्म बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग