Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा एमाले तम्घास गाँउ कमिटिको ४ नम्बर वडामा पाण्डे

Published on 1:45:00 AM //

अनिल खत्री
गुल्मी, आश्विन ५ । आगामी संबिधान सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला गुल्मी जिल्ला कृर्याशिल बिभिन्न राजनितीकदलहरुले अफना गतिबिधीहरुलाइ जनता तथा कार्यकर्ताको घरदैलो सम्म तिब्र रुपमा अगाडी बढाइरहेका छन । यसै बिच  नेकपा एमाले तम्घास वार्ड नम्बर  ४ को वार्ड भेला सम्पन्न भएको छ । भेलाले नन्दराम पाण्डेयको अध्यक्षतामा १७ सदस्सिय वाड कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कुलदिप राउत, सचिव देबिराम खनाल, सहसचिव तिलु महत रहनु भएको छ ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सह सचिव मोर्चा बिभाग प्रमुख वालसिंह काउछा ,सल्लाहाकार कमिटी सदस्य माधव ज्ञावली,जिल्ला कमिटी सदस्य कृष्ण भण्डारी ,युवा संघ उपाध्यक्ष मोहन प्रसाद पाण्डे ,२ नंम्बर क्षेत्रिय कमिटी सदस्य जयलाल आचार्य,तम्घास गाउकमिटी अध्यक्ष दुर्गा पाण्डेय ,उपाध्यक्ष नारायण वराल लगायतले  आगामी संबिधासभाको दोस्रो निर्वाचनमा नेकपा एमालेले गुल्मीका तिन वटै निर्वाचन क्षेत्रमा अत्यधिक बहुमतका साथ बिजय हासिल गर्ने दाबी गरेको छ । भेलाले  पार्टीको अबस्था पहिले भन्दा निकै सुधार भएको निश्कृय सहित पार्टी कार्यकर्ताहरुलाई चुनावी अभियानमा सक्रियताका साथ होमिन आवाह्रान समेत  गरेको छ । कार्यक्रमको संञ्चालन तम्घास गाउकमिटी सचिव शंकर नेपालीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग