Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुनिलो भैँसीको पाडीकै मुल्य ३५ हजार

Published on 4:30:00 AM //

प्रेम सुनार
असौज १२, गुल्मी । सामन्यतय लैनो भैसीको सरदर मुल्य ३०-३५ हजार सम्म पनि चलेको छ गाउँमा तर गुल्मी पिपलधाराका एक परिवारले पालेको गुनिलो भैसीको पाडीकै मुल्य ३५ हजार पारेका छन् ।
पिपलधारा ५ निवासी केशव खनालले ९ वर्ष अघिदेखि लगातार ब्याएर जति पटक बस्यो उति नै पटक दुध दिने गुनिलो भैसीले जन्माएकोे पाडीको मुल्य ३५ हजार पारेको बताए । ‘माउ भैँसी असाध्धै गुनिलो देखेर छिमेकीले करै गरेर पैँतिस हजारमा यसको पाडी किनेर लगे’ खनालले भने ‘९ सालमा लैनो किन्दाको भन्दा झण्डै दोब्बर बढि मुल्य पाडीको प¥यो ।’

‘२०६० सालमा किनेर ल्याएको हुँ’ खनालले भने–‘ल्याएदेखि वर्षेनी ब्याएको छ र जति बेला चाह्यो उति बेला दुध दिन्छ कहिल्लै थाक्दैन, त्यसलै यस भैसीको नाम नै बाह्रामासे राखेका छौ ।’ गणेश माध्यामिक विद्यालय पिपलधाराका शिक्षक समेत रहेका उनले आफुले नभ्याउने भएका कारण एउटा मात्रै तर गुनिलो भैँसी पाल्ने चाहनाका साथ उक्त भैँसी ल्याएको बताए ।
चार माना विहान बेलुका र अघिपछि माना पन्ध्र मुठी दुध दिने उक्त भैँसी यो संबाददाता भकारो मै पुगि यथार्थ बुझ्न चाहेर खनाललाई पुनः दुहुन लगाउँदा पनि पुच्छर समेत नहल्लाई दुध दिएको थियो ।
‘यस्ता गुनिला भैँसी विरलै पाईन्छन’ खनालले भने–‘२२ वेतसम्म भैँसी ब्याउँछ भन्छन मैले पनि यस भैँसीबाट त्यति नै वर्ष ब्याउला भन्ने आशा राखेको छु । गतिलो भैँसी पाले धेरै पाल्न नपर्ने उनि बताउछन् । खनालको भैँसी आम पहाडिया भैँसी हो । उ ब्याउँदाको अवस्थामा जस्तै राँगो लाग्ने वेलासम्म र गर्भेणी अवस्थामा समेत दुध एकनासले दिई रहन्छ । हार्मोनको तत्व वढि भएका त्यस्ता कतिपय भैसी लामो समय सम्म ब्याउने र लगतार दुध दिन सक्ने जिल्ला पशु सेवा कार्यालय प्रमुख डाक्टर हरिबहादुर कुँवरले बताए । ‘पहाडिया लैनो भैसीको मुल्य बढिमा ५० हजार सम्म पर्ने थालेको छ’ कुँवरले भने–‘पाडी कै मुल्य पैँतिस हजार भनेपछि त भैसीको सन्तान निकै राम्रो भएरै होला त्यत्रो मुल्य परेको ।’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग