Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनजाती महिलाको प्रतिनिधित्व र पहुँच कति त ?

Published on 4:11:00 AM //

पि.एम.मगर
गुल्मी, आसौज १२ । आसन्न संविधानसभाको निर्वाचनमा आदिवासी जनजाति महिलाहरुको हक तथा अधिकार सुनिश्चित गर्न राजनीति दलहरुले ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले बिगतको संविधानसभामा पनि आफुहरुले आफ्ना हक तथा अधिकार सुनिश्चितताका लागि आवाजहरु उठाएपनि संविधान बन्न नसक्दा आफुहरु चिन्तित बनेको बताउँदै अबको संविधानसभामा पनि ती आवाजहरुलाई समेट्ने गरी संबोधन गरिदिन उनीहरुले राजनीतिक दलहरुलाई आग्रह समेत गरेका थिए ।
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, केन्द्रीय समिति काठमाण्डौको सहयोग तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गुल्मी शाखाको आयोजनामा आज सदरमुकाम तमघासमा आयोजित एक अन्तरकृया कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन । ‘संपुर्ण आदिवासी जनजाति महिला एक हौँ, आगामी संविधानसभाको निर्वाचनमा आदिवासी जनजाति महिलाहरुको पुर्ण प्रतिनिधित्व र पहुँच’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले महिलाहरुमा पनि आदिवासी जनजाति महिलाहरुलाई हरेक तबरबाट पछाडी पारिएको बताउँदै उनीहरुको पहुँच स्थापित गर्नका लागि सबै राजनीतिक दलहरुले जिल्लाबाटै पहल गर्न आग्रह गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले आफ्नो अधिकारका लागि महिलाहरुले राखेको माग जाहेज रहेको बताउँदै त्यसका लागी उनीहरु आफै पनि सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनजाति महिलाहरुको विकासका लागि सचेतना तथा जनजागरण कार्यक्रमहरु सञ्चालन गर्दै सकारात्मक पक्षलाई अंगाली नयाँ कुराको सिर्जना गरेर जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा जनजाति महिलाहरुले राखेका मागहरु पुराको संबोधनका लागि नीति निर्माण गर्ने तहसम्म पु¥याउन जिल्लाबाट पनि सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी घर्तिले जनजाति महिलाहरुको हरेक क्षेत्रमा पहुँच र सहभागिता बढाउनका लागि आफ्नो क्षेत्रबाट सहयोग सधै रहिरहने आश्वासन दिनुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सिर्जना तरामु, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य ललिता गौतम, अखिल नेपाल महिला संघ क्रान्तिकारी राज्य समिति सदस्य गिता थापा, नेपाल महिला संघकी जिल्ला सदस्य लक्ष्मी पाण्डे लगायतले सहभागीहरुले राखेका जिज्ञासामाथि प्रकाश पार्दै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य धना भण्डारी, मानवअधिकारका लागि महिला एकल महिला समुह गुल्मीकी अध्यक्ष मिना पन्थ, दलित महिला संघकी जिल्ला अध्यक्ष कमला बराल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश बहादुर सारु, नेपाल प्रेस युनियनकी जिल्ला सहसचिव संगिता कुवँर, नेपाल मगर विद्यार्थी संघकी जिल्ला उपाध्यक्ष खगिसरा काला मगर लगायतले मन्तव्य राख्नुभएको थियो । महासंघकी जिल्ला अध्यक्ष कमला पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य यमुना श्रीसले स्वागत मन्तव्य राख्नु भएकोथियो भने सञ्चालन सचिव सिता रानाले गर्नुभएको थियो । कार्यक्रममा ६० भन्दा बढी जनजाति महिलाहरुको सहभागिता रहेको थियो । सोही अवसरमा अध्यक्ष पुन मगरले राष्ट्रिय आदिबासी जनजाति महिला महासंघको घोषणा पत्र बाचन गरेर सुनाउनुभएको थियो ।








0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग