Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुर्घा मालिकामा रेन्बो ट्राउट माछापालनको सम्भाव्यता अध्ययन

Published on 4:20:00 AM //

सागर भण्डारी
गुल्मी, असौज २ । गुल्मीको कुर्घा गाउँ विकास समिति स्थित धार्मिक एवं पर्यटकीय स्थल मालिकामा रेन्बो ट्राउट माछा पालनको सम्भाव्यता अध्ययन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीको समन्वयमा राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यालय बालाजु काठमाण्डौँका मत्स्य विकास अधिकृत राज कपूर जापित र विष्णु बहादुर शिलवालको टोलीले अध्ययन गरेको थियो ।

अध्ययन क्रममा खेर गईरहेको पानीको सदुपयोग गरेर उक्त स्थानमा माछापालन गर्न सकिने बताईएको छ । त्यस्तै मलिका मन्दिरको मुख्य मुलको पानीको तापक्रम १९.१ डिग्री सेल्सियस र पानीमा घुलित अक्सिजनको मात्रा ६.५ प्रतिशत रहेको र जुन रेन्बो ट्राउट माछाको लागि उत्तम मानिएकोले माछा पालन सम्भव हुने बताईएको छ । चैत्र र बैशाखको समयमा समेत पानीको तापक्रम २१ देखि २२ डिग्री सेल्सियस रहेमा माछापालन गर्न सकिने अध्ययन टोलीले बताएको छ ।समुन्द्री सतहदेखि करीब १३ सय मिटर उचाईमा रहेको यस स्थानमा माछापालन केन्द्रको स्थापना गर्न सकेमा पर्यटकीय क्षेत्रको विकास गर्न पनि सकिने तथा स्थानीयहरुले रोजगारीका अवसरहरु पनि पाउने टोलीको निष्कर्ष रहेको छ । नेपाल अधिराज्यभर जम्मा १३ वटा जिल्लामा मात्र पालिँदै आएको उक्त माछाको मुल्य अहिलेको बजारमा प्रति के.जी ३ सय देखि १ हजार ५ सय सम्म पर्ने गर्दछ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग