Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जि.शि.का गुल्मीद्वारा वार्षिक वजेटवारे जानकारी

Published on 4:46:00 AM //

प्रेम सुनार
असौज २, गुल्मी ।  जिल्ला शिक्षा कार्यालय गुल्मीले आर्थिक बर्ष २०७०÷७१ को लागि विभिन्न कार्यक्रमको लागि आएको बजेटको बारेमा जानकारी गराएको छ । बुधवार जिल्ला शिक्षा कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बजेटको बारेमा जानकारी गराएको हो ।
यो बर्ष जिल्ला शिक्षा कार्यालयमा झण्डै १ अर्वको हाराहारीमा बजेट आउने कार्यालयले जनाएको छ । जसमा बिद्यालय सुधार योजना अन्तर्गत झण्डै ३० करोड बजेट निकासा हुने कार्यालयले जनाएको छ । यो बर्ष चालु तथा पुँजीगत खर्च तर्फ नै बजेट बृद्धि भएको छ । शिक्षकहरुको तलवको बजेटबारे अहिले जानकारी नभएको भएपनि विभिन्न कार्यक्रम तथा भौतिक योजना निर्माणको लागि बजेट बढेर आएको जिल्ला शिक्षा अधिकारी गोबिन्द प्रसाद अर्यालले जानकारी दिनुभयो ।
बुधवार जिल्ला स्थीत राजनीतिक दलका प्रतिनिधि, पेशागत संघ संगठनका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितीमा कार्यालयले यस्तो जनकारी गराएको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठ, एकिकृत माओबादीका अशोक थापा, एमालेका शेषकान्त गौतम, नेकपा माओबादीका गोविन्द विश्वकर्मा, जनमोर्चाका जिवन राना तथा जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला शिक्षा कार्यालय गुल्मीका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीको प्रमुख आतिथ्यता तथा, उपसचिव भोजबहादुर केसीको स्वागत मन्तब्य तथा हरीलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग