Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शोकसभा सम्पन्न

Published on 5:05:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २२ भदौ । निर्माण ब्यवसायी सघं गुल्मीले शनिवार बिहान शोकसभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको हुगाँमा घर भएर सदरमुकाम तम्घास बस्दै आउनुभएका निर्माण ब्यवसायी सघं गुल्मीका अध्यक्ष हरि प्रसाद न्यौपानेको १३ औ दिनको पुन्यतिथीमा सघंले आफनै कार्यालयमा शोकसभा गरेको हो ।
निर्माण ब्यवसायी संघ गुल्मीका अध्यक्ष तथा नेपाली काँग्रेस गुल्मीका कोषाध्यक्ष समेत रहनुभएका न्यौपानेको भदौ ११ गते पाल्पाको डुम्रेमा सडक माथीबाट खसेको ढुङ्गाले लु. १ च. ४६०८ नम्बरको निजी कारमा च्यापेर निधन भएको थियो । अत्यन्तै सरल र समाजसेवी स्वभावका न्यौपानेको निधनले जिल्लाका निर्माण व्यवसायी, व्यापारी, अन्य राजनीतिक दल, संचारकर्मी, सर्वसाधरणहरु समेत स्तब्ध भएका छन् । शोकसभामा निर्माण ब्यवसायी सघंका पदाधिकारीहरु,प त्रकार, समाजसेवीहरुको उपस्थित रहेको थियो ।

निमार्ण ब्यवसायी सघं गुल्मीका निर्वतमान अध्यक्ष बालसिंह काउछा, सल्लाहाकार बिष्णु पन्थी, सचिव हरि कुमार श्रेष्ठ, सदस्य दुर्गाचन्द्र बोहरा, सदस्य भरत भलामी, पत्रकार शिबलाल सुबेदी लगायतले शोक मन्तब्य राख्दै न्यौपानेको निधनले निमार्ण ब्यवसायी सघं मात्र नभएर सम्पुर्ण जिल्लाबासीहरुलाई अपुरणिय क्षती भएको बताएका छन । साथै उनीहरुले हरि प्रसाद न्यौपाने हिडेको बाटोमा निमार्ण ब्यवसायीहरु हिँड्नु पर्नेमा समेत आग्रह गरेका छन । कार्यक्रम निर्माण ब्यवसायी सघं गुल्मीका उपाध्यक्ष गणेश तङ्नामीको अध्यक्षता तथा महासचिव नारायण प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
निर्माण ब्यवसायी सघं गुल्मीले ११ दिनको दिन न्यौपानेको घर हुगाँमा १ लाख नगद रुपैया परिवारलाई सहयोग गरेको छ भने लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारीमा अध्ययन गदै गरेका छोरालाई इन्जिनियरिङ्ग गराउने जनाएको छ । साथै सघंले बन्न लागेको भवनको नामाकरण समेत हरि स्मृती भवन भनेर नामाकरण गर्ने जनाएको छ । नीजि कामका लागि बुटवल पुगेका न्यौपाने भदौ १२ जिल्लामा हुन लागेको नेपाल बिद्याथी सघंको ११ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनका लागि नीजि कार रिर्जब गरेर तम्घास आउने क्रममा दुर्घटनामा पर्नुभएको थियो। सडक माथिवाट आएको ढुङ्गाले च्याप्दाँ न्यौपाने सहित कार चालक इशव नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । अति मिलनसार, समाजसेवी, निर्माण ब्यवसायी र राजनितीककर्मी न्यौपानेकी श्रीमती २ छोरा १ छोरी रहेका छन । न्यौपाने १ दर्जनभन्दा बढी सघं सस्थामा आवद्ध रहनुभएको थियो । न्यौपानेको निधनले नेपाली काँग्रेस गुल्मीले पनि १३ दिनसम्म सम्पुर्ण कामहरु स्थगित गरको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग