Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्कोट दहमा तीज गीत तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Published on 9:54:00 PM //

संगिता कुवँर
भाद्र २२, गुल्मी । अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा पृथ्वी उच्च माध्यमिक विद्यालय पुर्कोट दह गुल्मीले तीज गीत प्रतियोगिता र हाजीरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । तीज गीत तर्फ कक्षा ९ को वि समुह प्रथम भएको छ । त्यस्तै कक्षा ९ को ए समुह द्धितिय, कक्षा १२ को समुह तृतिय र कक्षा ७ को समुह सान्त्वना भएको छ ।

त्यस्तै हाजीरीजवाफ प्रतियोगिता तर्फ देबकोटा सदन प्रथम भएको छ । लेखनाथ सदन द्धितिय, भानु सदन तृतिय र सम सदन शान्तवना भएका छन् । विद्यालयका प्राचार्य धनिश्वर अर्यालको अध्यक्षता तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक नरेद्र बहादुर कार्कीको संचालनमा सम्पन्न भएको बिद्यालयका लेखापाल राजेन्द्र थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग