Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास आउँदै गरेको भ्यान दुर्घटना चालक गम्भिर घाईते

Published on 4:04:00 AM //

संगिता कुवँर
भदौ २१, गुल्मी । गुल्मीको मुसिकोटबाट तम्घास आउँदै गरेको पिकअप भ्यान बडागाउँ– ६ को ठूलापोखरामा दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । लु १ च ५०८५ नम्बरको भ्यान दुर्घटनाग्रस्त हुँदा  हस्तिचौर– १ का चालक सुर्य घिमिरे गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ । भ्यान सडकबाट करिव १५ मिटर तल खसेको हाम्रा मुसिकोट सहकर्मी कृष्ण भट्टराईले जनाउनुभएको छ । चिप्लोबाटो भएको कारण गाडि अनियन्त्रित भई सडकबाट खसेको गाडिमा सवार जोगेन्द्र सिंह ठकूरीले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग