Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दर्लिङमा तिज बिदाई कार्यक्रम सम्पन्न

Published on 12:50:00 AM //

हिरा कुवंर । अखिल नेपाल महिला संघ दर्लिङ गाउँ कमिटीको आयोजनामा प्रतियोगितात्मक तीज गीत कार्यक्रम सम्पन्न भएको छ । नेटा, ह्वाङदी, छापहिले, अर्खबाङ्ग र दर्लिङ्गका ९ समुहको  सहभागिता रहेको प्रतियोगितामा बिजयशील युवा क्लव नेटा प्रथम भएको छ ।
त्यस्तै नेटाकै सफल चेतना युवा क्लव द्धितीय, सगरमाथा युवा क्लव दर्लिङ्ग तृतीय र शिवशक्ति युवा क्लव छापहिले सान्त्वना भएका छन् । बिजय समुहलाई प्रमुख अतिथी समेत रहनु भएका नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य ढालेन्द्र केसीले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रिय सदस्यहरु हिरालाल अर्याल, किरण भण्डारी, दल बहादुर परियार र तारा भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अखिल नेपाल महिला संघ दर्लिङ्ग गाउँ कमिटी अध्यक्ष नर्मदा श्रीसको अध्यक्षता, यम लाल अर्यालको स्वागत तथा रुमा घर्ति र बसन्त घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग