Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हस्तिचौरमा एमाले भेला सम्पन्न, ३४ जना एमालेमा प्रवेश

Published on 12:48:00 AM //

हिरा कुवंर । नेकपा एमालेको संगठन बिस्तार अभियान अन्तर्गत हस्तिचौर गाउँकमिटीको आयोजनामा बृहत भेला सम्पन्न भएको छ ।
भेलाको अवसरमा एमाओवादी, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबाट ३४ जना एमालेमा प्रवेश गरेका छन् । जसमा एमाओवादीबाट टोप बहादुर शाहि, शेर बहादुर थापा, गंगाराम पोख्रेल, हुम बहादुर खत्री, बल बहादुर चुँदारा लगायत एमालेमा प्रवेश गरेका हुन् ।
साथै नेपाली काङग्रेसबाट एमालेमा प्रवेश गर्नेहरुमा लाल बहादुर कुवंर, इश्वरी कुवंर, चन्द्र बहादुर खत्री, लोक बहादुर थापा लगायत रहेका छन् । भने राष्ट्रिय जनमोर्चा हस्तिचौर गाउँकमिटी सचिव मान सिंह चुँदारा पनि नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, सचिवालय सदस्य कृष्ण सुनार, जिल्ला सदस्य टिका रेश्मी, मुक्ति समाजका जिल्ला अध्यक्ष दल बहादुर विक लगायतले स्वागत गरि पार्टी प्रवेश गराउनु भएको थियो ।
सोहि भेलाले भुपाल चन्द्र केसीको अध्यक्षतामा ३५ सदस्य रहेको युवा संघ नेपाल गठन गरेको छ । त्यसैगरी शारदा खनालको अध्यक्षतामा ३१ सदस्य रहेको अखिल नेपाल महिला संघ र शेर बहादुर कुवंरको अध्यक्षतामा पुर्व जनप्रतिनिधीहरु सम्मिलित सल्लाहकार कमिटी गठन गरेको छ ।
पुर्व बडाध्यक्ष रामलाल खनालको अध्यक्षतमा सम्पन्न भेलाको संचालन भुपाल चन्द्र केसीले गर्नुभएको थियो भने गाउँकमिटी अध्यक्ष राममल्ल ठकुरीले पार्टीको संगठन सुदृढिकरणको कार्ययोजना प्रस्तुत गर्दै एमालेलाई सशक्त रुपले अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग