Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब्यवस्थीत रुपमा मासु पसल सञ्चालन हुँदा बजार दुर्गन्धीत

Published on 7:23:00 AM //

कृष्ण बिसी
नवलपरासी, भदौ २७ । नवलपरासीको सदरमुकाम परासी बजार छेँउछाउँमा अब्यवस्थीत रुपमा मासु पसल सञ्चालन हुँदा बजार क्षेत्र दुर्गन्धीत हुन पुगेको छ । बजार क्षेत्रमा अब्यबस्थित मासु पसलले नगर दुगन्धित हुन थाले पछि त्यसलाई ब्यबस्थित बनाउन नसक्दा नगर नै अस्तब्यस्त बन्न पुगेको हो ।
रामग्राम नगरपालीकाले धेरै पटक मासु पसललाई ब्यबस्थित गराउने पहल गरेको भएता पनि कार्यन्वयनमा भने हुन सकेको छैन । जिल्लाको सदरमुकाम परासीमा रहेका दर्जन भन्दा बढी मासु पसलहरु खुल्ला रुपमा सन्चालनमा रहेको  भएता पनि नगरपालीका र पशु कार्यालयले कुनै कारबाही गर्न सकेको छैन । कुनै पनि ब्यबसाय गर्दा ब्यबसाय दर्ता ऐन अन्र्तगत गरेर सन्चालन गर्नु पर्ने हुन्छ तर परासीमा रहेका दर्जन भन्दा बढी मासु पसल फुटपाथमा सन्चालन हुँदा समेत कुनै कारबाही गरीएको छैन ।

नागरीकले उपयोग गर्ने मासुजन्य चिज ठीक छ या छैन त्यसको लागी अनुगमन गर्न दबाब श्रृजना गर्न गठन भएका उपभोक्ता समिती र संघ, सँस्थाहरु पनि मुकदर्शक बनेर बसेका छन । स्वस्थ्य, सफा बस्तु उपयोग गर्न पाउने नैर्सगीक अधिकार भएता पनि सम्बन्धित निकायले कुनै चासो नदिँदा उपभोक्ताहरु मर्कामा परेका छन । रामग्राम नगरपालीकाले लाखौँको लगानीमा दैनिक हाटबजार सन्चालन गर्न बनाईएको टहरा समेत भत्किने अबस्थामा पुग्दा समेत सम्बन्धित निकायको चासो देखाईएको पाईँदैन । जिल्लाको सदरमुकाममा रहेका चोक, चौराह र सडक पेटीमा दिनहु लाग्ने बजारले नगरमा चल्ने सवारी साधन र पैदल यात्रिहरुलाई समेत सास्ति हुदै आएको छ । यस तर्फ कसैको चासो नजानुले पनि यस्ता पसल अव्यवस्थित बन्दै गएको बताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग