ओझेलमा "मधु लेक"
Published on
5:41:00 AM //
प्रेम सुनार
भदौ २७, गुल्मी । वरीपरी खोलाले घेरेको, खोला किनारमा हराभरा फाँटहरु, विचमा सुन्दर मधु लेकको टापु । जुन टापु विकासित मुलुकहरुमा पर्यटक आकार्षित गर्नका लागि कृत्रिम सौन्दर्य भरेर निर्माण गरेको जस्तो देखिन्छ । अनि नियाल्दै जाँदा लाग्छ, कतै यो टापु र यस वरीपरीका फाँटहरु कुनै चित्रकारले परिकल्पना गरेर कोरेको त होईन ? प्रकृतिको त्यति सुन्दर छटा हुँदा हुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ गुल्मी, अर्घाखाँची र पाल्पाको संगम स्थलमा रहेको त्यस टापु ।
गुल्मीको दौँघा, पाल्पाको भुवनपोखरी गाविस र अर्घाखाँचीको चिदिका ९ मा रहेको मधु लेक नियाल्ने प्राकृतिक उपासकहरु वा कुनै साहित्यकारहरुले त्यसको सौन्दर्यताको कसरी वर्णन गर्ने हुन र त्यसलाई के उपमा दिने हुन तर स्थानिहरु त्यलाई श्रीलंका टापुको उपमा दिन्छन् । पश्चिम अर्घाखाँचीबाट बग्दै आएको खाँची खोला (शौर्य खोला), सिस्ने खोला र उत्तर गुल्मीबाट बग्दै आएको खर्ज्याङ खोला एक आपसमा मिल्छन मधुलेकलाई फन्को मार्दै बग्दछन रिडीखोला तर्फ कालिगण्डकीमा मिल्नका लागि । मधुलेक स्थानियतहमा निकै प्रशिद्ध छ । त्यसो त करिव करिव उस्तै आकृतिका चिदीका ९ को हाँडीकोट लेक र गुल्मी दौंघाको डाविले लेक पनि त्यतिकै प्रशिद्ध र मनोरम छन् । पाल्पाको हार्थोकबाट करिव १३ किलो मिटर र गुल्मीको रिडीबाट अगाह वजार, खर्ज्याङ हुँदै करिव डेड घण्टामा पुगिने मधुलेक, हाँडीकोट लेक र डाविले लेक प्रसस्त प्रर्यटकिय विकासको सम्भावना बोकेका स्थानहरु हुन् । नेपाली कांग्रेस चिदीका गाविसका पुर्व सभापति रामप्रसाद अर्याल निकै सुन्दर टापुहरु हुँदा पनि राज्यका कुनै निकायको दृष्टी पुग्न नसकेको गुनासो गर्छन ।
त्यस्तै एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य नरबहादुर आले भन्छन–‘ति स्थानको पर्यटन विकास गर्न पुर्व मन्त्री टोपबहादुर रायमाझीले पहल गर्ने आस्वासन दिनु भएको थियो ।’ स्थानिवासी उनले भने–‘ति टापुहरुमा रिसोर्टहरु खोल्न सक्ने हो र एक देखि अर्को टापुमा आवत जावत गर्ने केवुलकार हुने हो भने त विदेशीहरु पोखरा भन्दा यहाँ घुईचो लाग्ने थिए ।’ नेकपा एमाले चिदीका गाउँ कमिटी अध्यक्ष रामजी पाण्डे मधु लेकलाई श्रीलंका टापुको उपमा दिन्छन् । ‘वरीपरी खोलाले घेरेको छ विचमा सुन्दर टापु छ’ पाण्डेले भने, ‘हामी यस मधुलेकलाई श्रीलंकाको टापु पनि भन्ने गर्दछौं ।’ त्यस टापुमा २ वर्ष अघि जगदम्वा सिमेण्ट फ्याक्ट्रीले मार्वलको सम्भाब्यता अध्यान गरी पाल्पाको शिद्धेश्वर र त्यहाँ चुन ढुङ्गा छ भनेर मार्क समेत लगाएकोले त्यहाँ ढुङ्गा उत्खनन गर्न रोक लगाएको पाण्डेले जानकारी गराए । प्रचार गर्नैपर्ने ठाउँ हो भन्दै पाण्डले उठान गर्न लागेको प्रति गुल्मीन्युज डट कमसँग आभार प्रकट गरे । चिदीका गाविस सचिव कृष्णप्रसाद पन्थी ति तिनवटै लेकहरु त्यति सुन्दर हुँदा हुँदै पनि गाविस स्तरबाट पर्यटन विकास गर्न नसकीने भएकोले केहि गर्न नसकीएको बताउँ छन् । ‘त्यस क्षेत्रका पुर्व सभाषद टोपबहादुर रायमाझीले त्यहाँको पर्यटन विकास गर्छु भनेको हल्ला छ , गाविसलाई भने कुनै जानकारी छैन’–पाण्डेले भने ।
एकिकृत नेकपा माओवादी खर्ज्याङ गाउँ कमिटी अध्यक्ष कमल पाण्डे भन्छन–‘यि तिन जिल्ला र तिनै वटा गाविस अनि तिनै वटा खोलाहरुको संगम स्थलमा रहेका लेकहरुमा पर्यटकिय विकास गर्न सके त्यहाँ आन्तरिक तथा बाहय पर्यटकको घुँईचो लाग्ने थियो ।’ हाँडीकोट लेकको फेँदीमा तिन वटै जिल्लाको निकै प्रशिद्ध झाँक्रीको थान छ । त्यहाँ हरेक बैशाखे पुर्णीमाको दिन वली चढाईन्छ र मेला लाग्ने गर्दछ । कमल पाण्डेका अनुसार पाल्पा तर्फ दाङसा फाँट, गुल्मी तर्फ बन्दुखा फाँट, अर्घाखाँची तर्फ दिशा वगर फाँट लगायत प्रशस्त खेतहरु छन् । हाँडीकोटबाट मधु लेक जोड्ने पुल बने पनि मोटरबाटो पुराउन नसकीएको एमाले अध्यक्ष पाण्डे बताउँछन् ।
माथील्ला तहका नेताहरुबाट त्यस स्थानको विकासप्रति दृष्टी पुग्न नसकेको उनको गुनासो छ । यस सम्वन्धमा पुर्व सभाषद टोपबहादुर रायमाझीसंग सम्पर्क राख्दा उनले त्यहाँको पर्यटन विकासका लागि प्रयास भई रहेको बताए । सातमुरे जल विद्युत आयोजनासंगै समग्र लुम्वीनीको पर्यटन विकास कार्यक्रम भित्र त्यो स्थान पारिएको उनको भनाई छ । त्यसको उचाई कति छ ? क्षेत्रफल कति हो ? गाविसमा त्यसबारे कुनै तथ्य नभएको चिदीका गाविस सचिव पन्थीले बताए । ‘त्यस्तै २ सय रोपनी होला, माथी टापुसम्म हिँडेर विस पच्चीस मिनेटमा पुगिन्छ’ उनले भने, ‘माथी टापुमा रहेकोले होटलहरु बनाउन सकिन्छ ।" उनका अनुसार त्यस लेक वरी परी जंगलमा चितुवा लगायतका जनावर र कालिज लगायतका पन्छीहरु प्रसस्त छन् ।
नेपालका विभिन्न स्थानमा यति मनोरम प्राकृतिक छटा हुँदा हुदै पनि नेपालीहरु स्वदेशमा घुम्न नचाहनु र सरकारी पक्षले पर्यटन विकासमा खासै चासो नदिनु दु:खको विषय भएको रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख दीन पन्थी बताउँछन् । अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका यस्ता थुप्रै प्राकृतिक छटाहरुको राज्यले खोज अनुसन्धान गरी पर्यटन विकासमा ध्यान दिनु पर्ने साहित्यकार समेत रहेका पन्थीको सुझाव छ ।
भदौ २७, गुल्मी । वरीपरी खोलाले घेरेको, खोला किनारमा हराभरा फाँटहरु, विचमा सुन्दर मधु लेकको टापु । जुन टापु विकासित मुलुकहरुमा पर्यटक आकार्षित गर्नका लागि कृत्रिम सौन्दर्य भरेर निर्माण गरेको जस्तो देखिन्छ । अनि नियाल्दै जाँदा लाग्छ, कतै यो टापु र यस वरीपरीका फाँटहरु कुनै चित्रकारले परिकल्पना गरेर कोरेको त होईन ? प्रकृतिको त्यति सुन्दर छटा हुँदा हुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ गुल्मी, अर्घाखाँची र पाल्पाको संगम स्थलमा रहेको त्यस टापु ।
‘श्रीलंका टापु’ उपमा पाएको–मधु लेक |