Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पीडित घिमिरेलाई कतारबाट ४३ हजार सहयोग

Published on 12:53:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २८ भदौ ।    गत एक वर्षदेखि ब्लड क्यान्सरवाट पीडित वनेर  कठमाडौं स्थित कान्ती बाल अस्पतालमा उपचार गराइरहेका गुल्मी हस्तिचौर गाविसका बालक रमेश घिमिरेलाई गुल्मी सेवा समाज दोहा कतारवाट रु ४३ हजार ५ सय रुपैयाँ आर्थिक  सहयोग प्रदान गरिएको छ ।
गरिव तथा विपन्न परिवारका घिमिरेलाई उपचारको लागि कतारमा तीन महिनाको समय लगाएर नेपालीहरुबाट संकलन गरिएको उक्त रकम आज पत्रकारहरुको उपस्थितिमा समाजका सचिव कुमार अविरल पन्थीले  रमेशका बाबु रामलाललाई हस्तान्त्ररण गरेका थिए ।
रकम हस्तारणको लागी शुक्रवार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर रामलालले छोरोको उपचारको लागि सहयोग गर्ने स्वदेश तथा  बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइहरुलाई धन्यवाद दिए । पत्रकारहरुसंग कुरा गर्दैै रामलाल घिमिरेले रमेशले बिस्तारै आफुलाइ केहि सहयोग गर्लाकि भन्ने बेलामा कल्पना नै नगरेको रोग लागेर उपचार गर्नमा समस्या परेकोमा दुख ब्यक्त गरेका छन् । उनले स्वदेश तथा बिदेशबाट छोराको उपचारकालागि सहयोग जुटाईदिन संञ्चारकर्मीहरुसँग पुन आग्रह समेत गरेका छन् ।
रकम संकलन गर्नकालागि घिमिरेले  राष्ट्रिय बाणिज्य बैंककमा ३५२४७ नम्वरको खाता खोली इच्चछुक व्यक्ति र संघ संस्थाहरुलाई सहयोगका लागि अपिल गरेका छन् । ब्लड क्यान्सर भइ उपचार गराइ रहेका रमेश घिमिरे गुल्मी जिल्ला हस्तिीचौर गाबिस वार्ड ८ स्थित पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढ्दै आईरहेका थिए  । विरामी भएर उपचार गराउन थालेपछि घिमिरेले गत चैत महिनामा संञ्चालन भएको एस एल सी  परीक्षामा समेत सहभागि हुन सकेनन्् ।
रकम हस्तारण गर्दै गुल्मी सेवा समाज दोहा कतारका सचिव कुमार अबिरल पन्थी र रकम लिँदै व्लड क्यान्स पीडित रमेश घिमिरे । तस्विर ः जनार्दन घिमिरे


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग