Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैद्यको बन्द गुल्मीमा पनि, जनजीवन प्रभावित

Published on 12:21:00 PM //

शिबलाल सुबेदी
गुल्मी, ३१ भदौ । बैद्य नेतृत्वको नेकपा माओवादीले गरेको पश्चिमाञ्चल बन्दको आह्वान गुल्मी ठप्प भएको छ । सर्बदलीय गोलमेच सभा मार्फत राष्ट्रिय सहमति गर्नुपर्ने माग राख्दै सोमबार आवहान गरेको पश्चिमाञ्चल क्षेत्र बन्दको प्रभाव गुल्मीमा पनि पुर्ण रुपमा परेको हो ।
बन्द कर्ताहरुले बिहानै देखि सदरमुकाम तम्घास बजार बन्द गराउदै हिँडेका थिए । सदरमुकाम तम्घास लगायत जिल्लाका अन्य ग्रामिण क्षेत्रका बजाहरुमा पनि बन्दको प्रभाव बिहानै देखि परेको छ । बन्दका कारण सोमवार दिनभर लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधनहरु चलेनन् । त्यस्तै शिक्षण संस्था, बजार उद्योग, कलकारखाना लगायत सबै क्षेत्र बन्द रहे ।
सरकारी कार्यालयहरु खुलेपनि सुनसान भए । बन्द कर्ताहरुले विहानै देखि बजारका विभिन्न टोलहरुमा खुलेका सामान्य पसल, होटलहरु समेत बन्द गर्न आग्रह गर्दै हिंडेपछि जनजिवन समेत प्रभावित भएको थियो ।
यस्तै बन्दको क्रममा  कुनै पनि अप्रिय घटना हुन नदिन सदरमुकाम तम्घासका बिभिन्न चोकहरुमा प्रहरीको बाक्लो उपस्थिती रहेको थियो । बन्दको क्रममा एम्बुलेन्स, शव बाहन, दूधका गाडी, विवाहका गाडी साथै प्रेस र मानवअधिकारका गाडीहरु सञ्चालनमा आएका थिए । सरकार गठन हुदाँको सहमति र संविधान संशोधनको खारेजी, गोलमेच सम्मेलनमार्फत राजनीति सहमति, सर्बदलीय सरकार गठन लगायत १८ बुँदे मागप्रति चार दल र सरकारले बेवास्ता गरेको भन्दै ३३ दलीय मोर्चा आन्दोलनमा उत्रिएका हुन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग