Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुन पसलबाट नगद सहित ३ लाखको धनमाल चोरी

Published on 12:09:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १८ भदौ ।  सोमवार राती गुल्मीको सदरमुकाम तम्घासमा तीन वटा सुन पसल र एउटा फलफुल तथा तरकारी पसलवाट तीन लाख रुपैंया वरावरको धनमाल चोरी भएको छ । सदरमुकाम स्थित भीमचोकमा रहेका न्यू फेमस सूनचाँदि पसल, मनकामना सुनचाँदी पसल, शिव पार्वती सूनचाँदी पसल र तुफानी सप्लायर्सवाट गरि तीन लाख वरावरको सामाग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भएको छ ।
सोमवार राती ठूलो पानी परिरहेको समयमा ताला फोरेर न्यू सुनचाँदी पसलवाट एक थान ल्यापटप, मनकामना सूनचाँदीवाट एक तोला २४ लालको एक थान सिक्रि र ४० लालको पाईप माला र तुफानी सप्लायर्सवाट १५ हजार रुपैंया नगद र १० किलो वरावरको फलफुल चोरी भएको वताईएको छ । घटनाको वारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग