Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गुल्मीले आगामी निर्वाचनको उम्मेदवारहरुमा ककस्लाई सिफारिस गर्‍यो? (नामहरु सहित)

Published on 4:23:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १९ भदौं । आगामि संबिधानसभा निर्वाचनका लागि नेकपा एमाले गुल्मीले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रवाट प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवारहरुको नाम प्रस्ताव गरेको छ ।
यसरी  प्रस्तावित नामहरुमा क्षेत्र नं १ वाट पुर्व सांसद रामनाथ ढकाललाई सर्ब सम्मतरुपमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ । समानुपातिकका लागी उम्मेदवारहरुको नाम सिफारिस गर्ने जिम्मेवारी भने पार्टि जिल्ला कमिटीलाई दिएको छ । त्यसैगरि क्षेत्र नं २ मा बुधवार सम्पन्न क्षेत्रीय कमिटी बैठकले प्रत्यक्ष तर्फ पुर्व मन्त्री एबं संबिधान सभाका पुर्व सभासद् प्रदिपकुमार ज्ञवाली, पुर्वसांसद कमलराज श्रेष्ठ र राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नर्मदा भण्डारीको नाम सिफारिस गरेको छ ।

त्यसैगरि क्षेत्र नं ३ को धनार्जीमा बुधवारै सम्पन्न बैंठकले पुर्व उर्जामन्त्री गोकर्णराज बिष्ट, जिल्ला कमिटी अध्यक्ष टोमलाल पाण्डेय र अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष ललिता गौतमको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ अनेरास्वबियु पुर्व केन्द्रिय अध्यक्ष रामकुमारी झाक्री, लुम्बीनी अञ्चल कमिटी सदस्य दिलशोभा पुन, जिल्ला सल्लाहाकार कमिटीका अध्यक्ष दानबहादुर के.सी. र नेपाल उत्पीडित जातिय मुक्ती समाज गुल्मीका अध्यक्ष दल बहादुर बिश्वकर्माको नाम जिल्ला कमिटीमा प्रस्ताव गरेको छ ।
समानुपातीकका लागि क्षेत्रक्षेत्रवाट पाँचपाँच जनाको नाम शिफारिस गर्ने जिम्मा पार्टि जिल्ला कमिटीलाई भएको हुँदा शुक्रवार जिल्ला कमिटीको वैठकवाट सवै उम्मेदवारहरुको नाम शिफारिस गरिने पार्टि जिल्ला कमिटी सदश्य गणेश श्रीपालीले जानकारी दिनु भएको छ । एमालेले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रहरुमा केन्द्रिय नेताहरुलाई चुनावि प्रतिस्पर्धाकालागि अगाडि सारेको छ । यस अघि एकिकृत नेकपा माओवादी र नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिक उमेद्वारहरुको नाम सिफारिस गरिसकेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग