Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघमा जंग बहादुर

Published on 2:50:00 AM //

अनिल खत्री
गुल्मी, भदौ १५ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ गुल्मीको जिल्ला कार्यसमिती पुनर्गठन भएको छ । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले जंग बहादुर कुवँरको अध्यक्षतामा १२ सदस्यीय नँया कार्यसमितीको चयन गरेको छ । संघको उपाध्यक्षमा नर बहादुर बिष्ट, सचिव राम प्रसाद पन्थी, सहसचिव इन्द्र बहादुर कुवँर र कोषध्यक्षमा गोपाल प्रसाद पाण्डेय रहनुभएको छ । सोहि भेलाले १२ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ ।
नेपाली सेनाबाट अवकाश प्राप्त भुतपुर्व सैनीकहरुको हकहितको बारेमा २०५३ सालमा गुल्मी जिल्लामा संघको स्थापना भएको थियो । नेपाली सेनाबाट अबकास प्राप्त भुतपुर्व सैनिकको हकहित, दैबिक प्रकोप, भुतपुर्व सैनीकका जेहेन्दार तथा एस.एल.सीमा सर्वोकृष्ट अंङ्ग ल्याएका तर आर्थिक हिसावले कमजोर भएकालाई संघबाट छात्रबृती प्रदान गर्ने र अन्य कुनै पनि समस्याहरुको समाधान गर्ने अभिप्रायले यो संघको स्थापना गरिएको संघका सचिव राम प्रसाद पन्थीले जानकारी दिनुभयो । कार्यक्रम गुरु गोरख गुल्म, धागिथुगका गुल्मपति दिल बिक्रम सुब्बाको प्रमुख आतिथ्यता र गुल्मी जिल्लाका बिभिन्न स्थानबाट नेपाली सेनाबाट अवकाश प्राप्त भुतपुर्व सैनिक र उनका परिवारहरुको सहभागितामा सम्पन्न कार्यक्रमको संञ्चालन राम प्रसाद पन्थीले गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग