Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेढ महिनामा १२ मुद्धा

Published on 3:21:00 AM //

विष्णु पौडेल
जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो डेढ महिनाको अवधिमा कार्यालयमा परेका मुद्धा सार्वजाकि गरेको छ । आज विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले साउन १ देखि भदौ १५ सम्म कार्यालयमा परेका मुद्धाको विवरण सार्वजानिक गरेको हो ।

यस अवधिमा विभिन्न प्रकृतिका गरी १२ ओटा मुद्धा कार्यालयमा परेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा झुण्डिएर आत्महत्या सम्वन्धि २, भवितव्य ज्यान सम्वन्धि ३, सवारी दुर्घटनावाट ज्यान २, जवरस्ती करणी १, गौवध १, हाम फाली आत्महत्या १ र केही सामान्य अपराध एक गरी १२ ओटा मुद्धा दर्ता भएका छन् । यी मध्ये १० मिल्न मिल्न वाकी रहेका छन् । अन्यको मुद्धाको अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै १९ ओटा ठाडो उजुरी परेको प्रहरीले जनाएको छ । त्यसमध्ये १६ ओटा मिलेका छन भने ३ ओटा अनुसन्धानको प्रकृयामा रहेको डीएसपी लम्सालले वताउनुभयो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग