Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई दिनमा झण्डै १७ लाख कर संकलन

Published on 2:03:00 AM //

विष्णु पौडेल
गुल्मी, असोज ४ । गुल्मीका करदतावाट दुई दिनमा झण्डै १७ लाख कर संकलन गरिएको छ । शुक्रबार सकिएको घुम्ती कर संकलन कार्यक्रमवाट १६ लाख ८४ हजार ८ सय ३६ रुपैँया कर संकलन गरिएको उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले वताउनुभयो ।
उद्योग वाणिज्य संघको पहलमा सदरमुकाम तम्घास सहितका क्षेत्रमा व्यवसाय तथा विभिन्न पेशा गर्दै आएका करदातावाट उक्त रकम संकलन गरिएको हो । त्यसमध्ये आयकर १२ लाख ७० हजार १ सय १६ र घरवहाल कर ४ लाख १४ हजार ७ सय २० रहेको कर संकलन टोलीका प्रमुख कर अधिकृत दिनेश शर्माले वताउनुभयो । स्थायी लेखा नम्वर (प्यान) लिई व्यवसाय तथा पेशा गर्दै आएका  १ हजार १ सय ५० साना करदातावाट कर संकलन गरिएको हो । सदरमुकाम तम्घास लगायत आसपासका क्षेत्रमा व्यवसाय तथा पेशा गर्दै आएका करदातावाट उक्त रकम संकलन गरिएको र भोली रिडीमा पनि कर संकलन हुने पोख्रेलले वताउनुभयो । उद्योग वाणिज्य संघले पाँच वर्षदेखि करदाताको घरदैलोमै सेवा पु¥याउने उद्देश्यले कर कार्यालय वुटवलको समन्वयमा जिल्लामै कर संकलन कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सदरमुकाम तम्घासका अधिकांश घरधनीले घरलाई भाडामा लगाउँदै आएपनि घर वहाल कर भने थोरैले तिर्ने गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग