Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पालुखा र धुर्कोटका विद्यालयमा विविध कार्यक्रम

Published on 2:02:00 AM //

विष्णु पौडेल
गुल्मी, असोज ४ । पालुखा मावि हस्तिचौर ८ गुल्मीमा वालअधिकार विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चार सदनका १६ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा विजय कुँवर प्रथम, रुपेश खनाल द्धितीय, सन्दीप केसी तृतीय र विष्णुमाया विक सान्तवना भएको स्थानीय लक्ष्मण विश्वकर्माले जानकारी दिनुभएको छ ।
यसैविच ईन्दिरा माध्यामिक विद्यालय धुर्कोटरजस्थल गुल्मीले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सुधारका विषयमा अभिभाक, शिक्षक र विद्यार्थीविच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सिकाई प्रकृयालाई उपलव्धी मुलक वनाउनका लागी शिक्षक, विद्यार्थी र अभिभावकले खेल्नुपर्ने भुमिका विषयमा छलफल भएको थियो ।
शिक्षक अभिभाक संघका अध्यक्ष रामवहादुर जिसीको अध्यक्षता, सहायक प्रधानाध्यापक कृष्णवहादुर केसीको स्वागत मन्तव्य तथा शिक्षक रेशम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग