Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेस गुल्मी-काठमाण्डौ सम्पर्क समितिमा सापकोटा

Published on 3:42:00 AM //

विगत सात वर्षदेखि अधिवेशन हुन नसकेर शुन्य अवस्थामा जस्तै रहेको नेपाली कांग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समितिको छैटौं अधिवेशन राजधानीमा सम्पन्न भएको छ ।  अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीले इतिहासमा यति धेरै राष्ट्रियता माथि खतरा कहिल्यै नआएको बताए ।

नेता केसीले विगतको संविधानसभाको निर्वाचनमा कांग्रेस कमजोर भएका कारण र कम्युनिष्टहरुको संख्या बढी भएका कारणले देशमा विदेशी चलखेल बढेको बताए । कांग्रेसले हार्दा देशले समेत हार्दो रहेछ भन्दै नेता केसीले यो निर्वाचन लोकतन्त्रवादी र साम्यवादी बिचको टक्कर हुने भएकोले लोकतान्त्रिक संविधान निर्माणको र लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई जिताउन लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

उद्घाटन समारोहमा नेपाली कांगे्स गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठले धेरै ठाउँमा जनताको भन्दा आफ्नै कारणले काँग्रेसले पराजय भोग्नु परेको तितो यथार्थलाई उजागर गर्दै गुल्मी जिल्लामा धेरै पटक भएको पराजयलाई विजयमा परिणत गराउन यो अधिवेशनको उत्साहले एउटा इट्टा थप गरेको बताए । जिल्ला समितिका सचिव छन्दबहादुर पहराईले राजधानीबाट सम्पर्क समितिले अधिवेशन गरेर शुरु गरेको उत्साह, उमंग गुल्मीका ७९ गाविसमै पु-याउन आग्रह गरे ।

नेवीसंघका जिल्ला अध्यक्ष कृष्ण अर्यालले आगामी संविधानसभामा सबै वुथमा विद्यार्थी यूथ खटाइने बताउँदै सम्पर्क समितिको अधिवेशनले राजधानीमा बस्ने कांग्रेसजनलाई उत्साहीत पारे भैं अब गुल्मेली कांग्रेसलाई पनि यो उत्साहको मेसेज दिनु पर्ने बताए ।

महाधिवेशन प्रतिनिधि कृष्ण नेपालीको सभापतित्व र जमुना खरेलको स्वागत मन्तव्यबाट शुरु भएको अधिवेशनले अर्लाङकोट गा.वि.स.का पूर्व उपाध्यक्ष एवं तरुण दल केन्द्रीय सांस्कृतिक विभागका पूर्व उपसंयोजक कृष्ण प्रसाद सापकोटालाई दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले आपूले छिट्टै सबै क्षेत्र, भेग मिलाएर कार्यसमिति बनाउने र यो दुईवर्ष चिरनिन्द्रामा नसुतेर संगठनलाई चुस्त दुरुस्त राख्न काम गर्ने प्रतिवद्धता जनाएका थिए । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग