Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्मुसले कोरियामा यसरी मनाए जन्मदिन

Published on 3:13:00 AM //

हास्य कलाकार सिता राम कट्टेल(धुर्मुस)ले आफ्नो जन्मदिन कोरियामा मनाएका छन् ।कोरियन पर्व छुसकमा सांस्कर्तिक कार्यक्रमकालागि कोरिया पुगेका धुर्मुसले आफ्नो तिसैा जन्मदिन झापा  मिलन समाज कोरियाले दिएको सरप्राईज सँगै  मनाएका हुन ।गत २१ तारिख  शुक्रवार राजधानी सोल स्थित ओम रेस्टुरेण्टमा  मनाएको उक्त कार्यक्रममा  धुर्मुस पत्नि तथा हास्य कलाकार कुन्जना घिमिरे(सुन्तोलि)को पनि उपस्थिति रहेको थियो  । झापा मिलन समाज कोरियाले झापालि भूमिमा मैालाएका कलाकारलाई गर्दै आएको सम्मान तथा अभिन्नदन कार्यक्रमलाई निरन्तरता दिदै कट्टेल दाम्पतिलाई पनि सोही कार्यक्रमका लागि उपस्थित गराईएको थियो । कट्टेलको जन्मदिन मनाउने पूर्व तयारीमा रहेको आयोजकले भने उनलाई सो कुराको जानकारी दिएको थिएन । कार्यक्रमको उदेश्यबारे बोल्ने क्रममा झापा मिलनसमाजका अध्क्षय मीन प्रकाश उप्रेतीले जब सबैमा कट्टेलको जन्मदिन रहेको जानकारी गराउदै कट्टेल दाम्पतिलाई केक काट्न आमन्त्रण गरेपछि गुन्जिएको शुभकामनाका स्वर सँगै कलाकार द्धय केही भावुक बनेका थिए ।

सिता राम कट्टेल(धुर्मुस)को अनुरोधमा हास्यकलाकार तथा कट्टेल पत्नि कुन्जना घिमिरे(सुन्तोलि)ले केक काटेकी थिइन । कार्यक्रममा बोल्दै प्रसिद्ध हास्य कलाकार सिता राम कट्टेल(धुर्मुस)ले  प्रवासमा नेपालीहरू बिच नेपालीकै घरमा जीवन साथी सँगै जन्मदिन मनाउन पाउदा जीवनकै अविस्मरणीय क्षण भएको बताए । अत्यन्तै हर्षित मोडमा देखिएका कलाकार द्धयले आयोजक झापामिलन समाजलाई  हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
‘आफू राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रकै कलाकार किन नहुँ कलाकारिताको पाठ पढेको स्थान झापा आफ्नो आत्मामा रहेको छ कट्टेलको को भनाई थियो । आफू जहाँ भए पनि देश र जन्म स्थानलाई नभुल्न कट्टेलले अनुरोध गरे ।
यसैगरि अर्का हास्यकलाकार कुन्जना घिमिरे(सुन्तली)ले कोरियामा पाएको  दोस्रो सम्मान भएको स्मरण गर्दै कोरियामा रहेको झापामिलन समाजले गर्ने समाजिक कार्यका लागि आफुहरु बिना स्वार्थ सहयोग गर्न तयार रहेको बताईन ।
कार्यक्रमका विशेष अतिथि एन आर एन आई सि सि प्रतिनिधि तथा झापा मिलन समाजका सल्लाहाकार के पि सिटैालाले जन्मदिनको शुभकामना व्यक्त गर्दै  देशका जुन सुकै कुनाका कलाकार किन नहुन यी सबै नेपालका सम्पति भएको बताएका थिए  भने समाजका अध्क्ष्य मीन प्रकाश उप्रेती र आई सि सि प्रतिनिधि के पि सिटैालाले कलाकार द्धयलाई संयुक्त रूपमा दोसल्ला ओडाई अभिन्नदन गरेका थिए ।
उक्त कार्यक्रममा झापामिलन समाजका संस्थापक अध्क्ष्य दुर्गा दाहाल , सुनखरि साङ्गीतिक समूहका निर्देशन रमेश संग्रैाला  लगायतले मनतभ्य व्यक्त गरेका थिए ।
झापामिलन समाज दक्षिण कोरियाका अध्यक्ष मीनप्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सचिव राजु सन्तोषि थापालेगरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्क्ष्य सन्तोष श्रेष्ठले गरेका थिए । -विक्लिनेपाल डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग