Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओबादी गुल्मीबाट ककसले पाए टिकट?

Published on 1:06:00 PM //

प्रेम सुनार
गुल्मी, असोज १४ । एकिकृत नेकपा माओवादी गुल्मीका तिन वटै क्षेत्रका प्रत्यक्ष उमेदवारहरुको टुङ्गो लागी सकेको सो पार्टीको मुख्यालय श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार क्षेत्र नम्वर १ मा पुर्व सभाषद एवं सो पार्टीका जिल्ला संयोजक सुदर्शन बराल, २ मा क्षेत्रिय संयोजक अशोक थापा र क्षेत्र नम्वर ३ मा वामदेव क्षेत्रीलाई प्रत्यक्ष उमेदवारको टुङ्गो केन्द्रिय समितिले लगाई सकेको छ । श्रोतले भन्यो–‘ घोषणा गर्न मात्रै बाँकी छ, गुल्मीका तिन वटै क्षेत्रका उमेदवाहरु उहाँहरुलाई नै समितिले अन्तिम टुङ्गो लगाई सकेको छ ।’

क्षेत्र नम्वर १ का उमेदवार वराल नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरी सो पार्टी परित्याग गरी  २०५२ पछि  माओवादी जन युद्धमा होमीएका थिए । २०५४ सालमा पुर्णकालिन सदस्य भएका उनि २०५३ सालमा बुटवल बहुमुखी क्याम्सको स्वतन्त्र विद्ययार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए । २०५८ सालमा गुल्मी जिल्लाको पहिलो जन सरकार प्रमुख रहेका वरालले २०६४ सालको चुनावमा  निकटतम प्रतिद्धवन्द्धी नेपाली कांग्रेसकी उमेदवार सुवर्ण ज्वारचन (कान्छि दिदी) लाई ४ हाजर ४ सय मतले र  नेकपा एमालेकी उमेदवार मैना भण्डारीलाई ५ हजार ४ सय मतले हराएका थिए । कुल १६ हजार ५ सय मतले विजयी भएका उनि यसपाली पनि त्यो भन्दा बढि मत लिएर जित्ने दावी गर्दछन् । उनको घर त्यसै क्षेत्रको हर्राचौर गाविसमा पर्दछ ।

त्यस्तै क्षेत्र नम्वर २ मा ३६ वार्षिय युवा नेता अशोक थापा एमालेका प्रभावशालि नेता प्रदिपकुमार ज्ञवालीसंग चुनाव लडने भएका छन् । २०५५ सालदेखि माओवादी सांष्कृति मोर्चा  र जनमुक्ति सेनाको मोर्चा सम्हालेका थापा खारा भिण्डन्त, रोल्पाको खुर्पा लेक र गुल्मीको ठुलोलुम्पकमा सेनासंगको भिडन्तमा झण्डै कसो मारिएका थिएनन् । २०६१ सालमा गुल्मीको बाँझकटेरीमा उनलाई सेनाले गिरफ्तार गरेर मा¥यो भन्ने खवरले आफन्तजन भावविहल बनेका थिए । दुई दुई पटक अत्याधिक मतले विजयी भएका एमाले नेता ज्ञवालीसंग थापा चुनाव लड्नु फलामको चिउरा सावित हुने विपक्षीहरुले आंकलनन गरेका छन् नि भन्ने प्रश्नमा थापोले भने–‘ त्यस्ता फलामका चिउराहरु हामीले धेरै चपाउदै आएका छौं , हाम्रा लागि कुनै जित फलामको चिउरा भएनन् ।’

‘राज संस्था फाल्नुलाई सपनाको कुरा ठान्नेहरुलाई त्यस्तो लाग्न सक्छ ’उनले भने–‘हामी सत्यको लडाई जित्दै आएका छौं र जित्दै जान्छौं , कुन नेता ठुलो  सानो भन्ने हुँदैन, आखिर सत्य कै जित हुने छ । ’ वाल्यकालदेखि दर्दनाक जिवन कथाका पात्र उनि संघर्षशिल जिवनका एउटा उदाहरण हुन् र अलि  खरो स्वभावका छन् । । सो पार्टीको २ नम्वर क्षेत्रिय संयोजक रहेका थापा यतिवेला एमाओवादीका सवै भन्दा कम उमेरका उमेदवार हुन् । उनको घर सिमीचौर गाविसमा पर्दछ । उनि प्रचण्डका दाहिने हात मानिन्छन् ।

त्यस्तै क्षेत्र नम्वर ३ का उमेदवार केन्द्रिय सदस्य ५० वािषर््ाय क्षेत्री माओवादी जनयुद्धका संस्थापक नेताहरु मध्येका एक हुन् । ०५८ सालमा भारतमा पक्राउ परी शान्ति प्रकृयापछि सपुर्दगी भएका उनि पश्चिम क्षेत्र कै प्रभावशाली नेताहरु मध्ये एक मानिन्छन् । गुल्मीको पुर्कोटदहस्थित घिमिरे परिवारका उनले भारत प्रवासको भुमिगत जिवनमा क्षेत्री थर लेखाएका थिए । जन युद्धकालमा कैयौं युद्ध मोर्चाको नेतृत्व सम्हालेका क्षेत्री रुपन्देही, अर्घाखाँची र गुल्मीमा विकास प्रेमी नेताका रुपमा  परिचित छन् । उनले कांग्रेसका सम्भावित उमेदवार त्रैलोक्यप्रताव सेन र एमालेका गोकर्ण विष्टसंग कडा प्रतिष्पर्धा गर्नु पर्ने छ । अघिल्लो चुनावमा सो क्षेत्र एमाओवादीले नै जितेको क्षेत्र भएकोले यसपाली पनि जितेरै छाड्ने उनको दावि छ । ‘अघिल्लो चुनावमा कैयौ गाविसमा हाम्रो प्रतिनिधी राख्ने मान्छे सम्म थिएन ’क्षेत्रीले भने –‘ अहिले त्यस क्षेत्रको २८ वटै गाविसमा हाम्रो संगठन शसक्त छ र मतदाता बढेका छन्,  यसपाली पनि हाम्रो जित सुनिश्चित छ ।’  उनि डाक्टर बाबुराम घट्टराईका दाहिने हात मानिन्छन् ।

अघिल्लो निर्वाचनमा क्षेत्र नम्वर  १ र ३ माओवादी र २ मा एमालेले जितेको क्षेत्र हो । प्रत्यक्ष उमेदवार चयन भए पनि जिल्लाका समानुपातिक उमेदवारका लागि भने ठुलो घम्साघम्सी चलेको श्रोतले बतायो । समानुपातिकका लागि अझै एक हप्ता लाग्ने जिल्ला संयोजक बरालले बताए । श्रोतका अनुसार एमाओवादीका सवै उमेदवारहरुको टुङ्गो लागे पनि नाराणणकाजी श्रेष्ठको मात्रै टुङ्गो लाग्न सकेको छैन् । पार्टीले अन्यत्रै टिकट दिन लागे पनि उनले नमानेर गोर्खा क्षेत्र नम्वर २ नै मागे पछि समस्या सिर्जना भएको छ । जिल्लाका कांग्रेस र एमाले उमेदवारहरुको टुङ्गो पनि अन्तिम चरणमा पुगे पनि श्रोतले सार्वजानिक गर्न चाहेन । लगतार कम्युनिष्टहरुले जित्दै आएको पिरले रन्थनियको कांग्रेस यस पालि भने कडा रुपले चुनावमा प्रस्तुत भएर लाल किल्ला तोड्ने आँटका साथ केन्द्रमा उमेदवार छान्न लागेको श्रोत बताउँछ । उता एमालेले तिन वटै क्षेत्र जित्ने र एमाओवादीले पनि त्यस्तै दावि गर्दै छ तर

तर, नेकपा–माओवादीले भने उनिहरुकालाई निर्वाचन आयोगमा उमेदवारी नै दर्ता गर्न नदिने र जसरी पनि चुनावै हुनै नदिने चेतवानी दिदै आएको छ ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग