Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो जापानमा गुल्मेली समाजको तीज (फोटो र भिडियो सहित)

Published on 6:54:00 PM //

गुल्मेली समाज जापानको आयोजनामा मंगलबार टोकियोमा दरखानेसहितको तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले हरितालिका तीजको उपलक्ष्यमा शुभकामना मन्तब्य दिनुभएको थियो । यसैगरि बिशेष अतिथि एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्टले हरितालिका तीजको उपलक्ष्यमा आफ्नो शुभकामना राख्नु दिनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित आईसीसीका सदस्यहरु ओम गुरुङ, भूषण घिमिरे, अध्यक्ष पारसमणि पोखरेल, उपाध्यक्षहरु सुदन थापा र नरबहादुर थापालगायतलाई सम्मान तथा बधाई ज्ञापन पनि गरिएको थियो ।
समाजका अध्यक्ष यमलाल ढकाल (राजु) को सभापतित्वमा भएको तीजबिशेष कार्यक्रमको प्रारम्भमा समाजकी सदस्य सन्तु न्यौपानेले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चेलीबेटीलगायत उपस्थित सहभागीहरु सबैलाई दरखानेको ब्यवस्था रहेको थियो । गुल्मेली समाजका जापानका सल्लाहकारहरु भीमलाल खरेल, देवीदत्त गौतम, देवी अर्याल, रोशन केसी, घनश्याम सापकोटा, सुरेश केसी र बाबुराम भण्डारीले  सप्तकन्याहरुलाई सामुहिक दर खुवाएपछि औपचारिक दरखाने कार्यक्रमको सुरु भएको थियो ।
राता सारी र चुरापोतेमा सजिएका नेपाली नारीहरु छमछमी नाचेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु लोक तथा दोहोरी गायक युवराज आचार्य र सूर्य खड्काले तीजबिशेष साँगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो । उहाहरुको प्रस्तुतीलाई साथ दिन उपस्थित चेलीहरु छमछमी नाचेका थिए ।
कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरी अनुराधा पौडेल , कमला काप्री र गंगा कंडेल क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । नृत्यमा प्रथम द्वितीय र तृतीय हुनेहरुलाई बिशेष पुरस्कार प्रदान गरिएको थियो ।
उक्त तीज कार्यक्रमलाई ब्यवस्थित तथा मर्यादित बनाउनका लागि लक्ष्मण अर्यालको संयोजनमा स्वयमसेवकहरु परिचालन गरि ब्यबस्थित बनाईएको थियो । कार्यक्रममा कोषाध्यक्ष आरसी कुवरले दरखानेसहितको तीज कार्यक्रम सफल तुल्याउन बिभिन्न ढंगले सहयोग गर्ने प्रायोजनकर्ता तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा, अध्यक्ष ढकालले श्रीकृष्णजन्माष्टमी तथा हरितालिका तीजको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त तीज कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको थियो । -नेपाल जापान डट कमबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग