Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोप हुँदै तिज, जम्दै रत्यौली

Published on 9:12:00 PM //

प्रेम सुनार
भदौ २३, गुल्मी । ‘ठाउँको ठाउँ ढल्ने गरी मलाई कति पिर छ, कि त बुढी छाड कान्छा कित मलाई विर्स....’ भन्नुस त यस्तो कथित तिज गीतले समाजलाई कस्तो सन्देश देला ? अनि अर्को एउटा छ ‘वाल मतलव भएन ववाल मच्चाउँछु््््््््....’ अर्कीले गाउँछिन्–‘पेटमा छोरी भए फालि दिन्छु अरे’ छोरीले छोरीलाई नै तल पार्ने यस्ता गीत गाउने कलकार कि के हो ? भनिन्छ कलकार समाजका एैैना हुन । समाज रुपान्तरणमा उनिहरुको ठुलो भुमिका रहन्छ । तर गत केहि वर्ष यता तिजका गीतहरुले हाम्रो मौलिक तीज गितहरुलाई लोप मात्रै गराएन यसले समाजलाई यौनिक हिंसा तिर पो लैजादैछ की भन्ने भान हुन थालेको छ ।

तिज गीत हेरेर घर फर्किदै गरेकी प्युठानकी एक महिलालाई वलत्कार ग¥यो एउटा पुरुषले विचबाटो खोल्सामा लगेर गत हप्ता प्युठानमा । ठाउँ ठाउमा तिज गीत जम्छन् त्यहाँ उनै तरुनी तन्नेरी रत्यौलीका तालमा नाच्दैमा ठिक्क हुन्छ । बुढी आवैहरु लाजले तिजको खालै छाडेर सुत्न जान्छन् ।
 
 आज सदरमुकाम तम्घासमा पनि त्यो भन्दा भिन्न दृश्य देख्न सकिएन । बजारमा आएका अधिकांस कथित तिज गीतहरुका शब्द त अस्लील थिए नै तिजको लय समेत रत्यौलीमय बनेको छ यति बेला । उसले बुढी छाडन् हो भने आउँछु भन्ने तिज गीतले बहुविवाह अझ भनौ एक महिलाबाट अर्की महिलाले पुरुष खोस्ने कुरालाई प्रसय दिई रहेको जस्तो लाग्छ   ।

  गीत पनि कस्ता हुन ? एक लोटा पानी खाने बनाउँ छु, चुरोट सल्काउँ छु केटी फकाउँ छु,  नाच्दा ताली ठोक्ने ठिटालाई मुटु उपहार दिन्छु अरे । अनि वाजी ठोकाम आउ, वैसै सम्हाल्नै गाह्रो भयो अरे......
  गत केहि वर्ष यता तिज गीतका नाममा आएका रत्यौलीहरुलाई राज्यले कैची लगाउन नसक्ने हो र, तीज गीत नाचमा मापदण्ड नवनाउने हो भने भोली तिज गीत रत्यौली र रत्यौली तिज गीत हुने निश्चत छ ।
    युवती पनि ठ्याक्कै निलो चलचित्रकी  सेक्स वम भन्दा कम कामुक हाउभाउका साथ नाच्छन् कि त्यहाँ भएका वुढा बा बुढी आवैहरु उठेर हिड्छन् । त्यस्तै भयो आज तम्घासको हाट बजारको तिज गीत डाँडामा पनि । प्राय हरेक तिज गीत खालमा युवा युवतीहरुको नाच नामको रत्यौली मञ्चन देखेर एउटी ७७ वािर्षय बृद्धा सहितका पाका महिलाहरु तल चिदीचौरमा  आएर अर्को खाल जमाउँदै थिए ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग