Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक धारा प्रयोग गर्दा दलित महिला माथी दुर्ब्यवहार

Published on 2:37:00 AM //

संगिता कुवँर
असोज ७, गुल्मी । सार्वजनिक धारा प्रयोग गर्दा गुल्मीको हस्तिचौर गाविसमा दलित महिलामाथि दुर्ब्यवहार भएको छ । हस्तिचौर गाविस वडा नं. २ हिमालय उच्च मावि अगाडि रहेको धारामा कपडा धुँदै गरेकी स्थानीय मिना विकमाथि गैरदलित वावुछोराले दुर्ब्यवहार गर्दै हातपात समेत गरेको पिडितको भनाई छ ।
शनिवार धारामा कपडा धोईरहेकी मिनालाई धारा नछोडिदिएको बाहनामा हस्तिचौर गाविस वडा नं. ४ का मेखवहादुर कुँवर भनेर चिनिने मिनवहादुर कुँवर र छोरा रामवहादुर कुँवरले दुर्ब्यवहार गरेको पीडित मिनाले वताउनुभयो ।
धारोमा मुख धुन गएका रामबहादुरलाई मिनाले पुरौ धारो नछोडिएको भन्दै झगडा सुरु भएको स्थानीयले वताएका छन् । विकले सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा जातिय छुवाछुत तथा ज्यानमार्ने धम्की दिएको भन्दै उजूरी दिनुभएको छ ।
आरोपी कुँवरका बाबुछोराले भने आफूहरुले मिनालाई हातपात नगरेको जिकिर गर्नुभएको छ । धारामा कपडा नसुकाउ भन्दा विकले झगडा सुरु गरेको रामबहादुरले बताउनुभयो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग