Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिनीबसले ठक्कर दिँदा ३ जनाको ज्यान गयो

Published on 2:33:00 AM //

कृष्ण बिसी
नवलपरासी, असोज ७ । नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाण्डौँ जाँदै गरेको  लु १ ख ७३६४ नम्बरको यात्रुबाहक बसले सोमबार दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनुभयो । मृत्यु भएकामध्ये प्रगतिनगर ६ पृथ्बिनगरका करिब ५५ वर्षका रामप्रसाद भुषाल, निजकी छोरी रजहर बस्ने २६ बर्षीय लक्ष्मी तिवारी र भुषालका नाती २ बर्षीय युगल तिवारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।  ना ४ ख ७८२१ नम्बरको बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुषालको घरमा श्राद्ध सकेर छोरी र नातिलाई रजहर घरमा पु¥याउन जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछी स्थानियवासीले दिउसो ३ बजेपछी उक्त ठाउमा सडक अवरुद्ध गराएका छन ।
घटनालाई लिएर आक्रोसित एक समुहले ठक्करदिने गाडी जलाएका छन । उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाईफायर गरेको छ ।  दूर्घटना ग्रस्त   सवारी सााधन  र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतकका आफन्तजनले  सडकबाट शब उठाउन मानेका छैनन भने दोषीलाई कडाकारबाहीको माग गर्दै प्रर्दशन गरिहेका छन । ।आक्रोसित भिडले सवारी साधनमा आगजनि गरेपछि सम्झाइ वूझाई गर्दा नमानेको र  भिड  नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाईफाएर गरेको प्रहरी निरिक्षक मोहन अधिकारलाई उद्धृत गर्दै प्रितम भुजेलले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग