Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चाडपर्वका बेला गुल्मीका पसल शनिवार बन्द नरहने

Published on 5:07:00 PM //

अनिल खत्री 
गुल्मी, आश्विन ११ । बिजया दशमी नजिकिँदै गर्दा गुल्मीको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजारमा  बिस्तारै चहलपहल बढ्न थालेको छ । चाडपर्वमा लामो समय सम्म देश तथा प्रदेशमा रहेका नेपालीहरु चडपर्व मनाउन आफनो घर आउने हुनाले पनि बवार गाँउघरमा चहल पहल बढ्न थालेको छ । चाड पर्वकोलागी बजारमा दैनिक उपभोग्य सामान  किनमेल गर्न गाउबाट बजारमा उपभोक्ताहरु आउने गरेसँगै बजारमा चहल पहल वढेको छ ।  
यतिबेला गुल्मीको सदरमुकाम तम्घास लगायत ग्रामीण भेगका मुख्य बजारमा चहल पहल वढेसँगै चाडपर्वलाइ लक्षित गरि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले शनिवार बन्द रहँदै आएका गुल्मी जिल्लाका पसलहरु खुल्ला गर्ने भएको छ । नेपालीहरुको महान पर्व बिजया दशमी तथा दिपावली लगतै पेन्सन क्यम्प सम्मको लागी शनिवार बन्द रहदै आएका पसल खुल्ला रहने गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद  पोखरेलले जानकारी दिनुभयो ।  शनिवार बन्द रहने पसल खुल्ला भए सगै उपभोक्ताहरुलाई किनमेल गर्न सहजहुने छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग