Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास बजारबाट अखाद्य वस्तु र अवैध मदिरा बरामद

Published on 12:24:00 AM //

प्रेम सुनार
असौज ११, गुल्मी । जिल्ला वजार अनुगमन समिति गुल्मीले शुक्रबार सदरमुकाम तम्घासका पसलहरुमा अनुगमन गर्दा भारी मात्रामा म्याद सकिएका पेय पदार्थहरु फेला परेको छ ।
९५ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा ५२ प्याक पेय पदार्थ मिती गुज्रेको अवस्थामा फेला पारेर बरामद गरिएको अनुगमन समितिका संयोजक सहायक प्र.जि.अ. गौरव पन्थीले जानकारी दिए । अन्य पदार्थको तुलनामा पेय पदार्थ बढि नै मात्रमा बरामद भएको छ उनले भने अवैध मदिरा पनि वरामद गरिएको छ । दिउँसोदेखि तम्घास बसपार्कबाट सुरु गरिएको अनुगमन माईकास्थान हुँदै खानीगाउँ सम्म गरिएको अनुगमनमा घरेलु मदिरा, अनुमति विना बेचिएको शिलप्याक मदिरा समेत बरामद गरिएको जानकारी उनले दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग