म्यादी प्रहरीमा अहिले सम्म गुल्मीमा ४ सय बढी आबेदन
Published on
4:47:00 PM //
संगिता कुवँर
रेडियो स्काई, गुल्मी । मंसिर ४ को संविधानसभा निर्वाचनको लागी खुल्ला गरिएको म्यादी प्रहरीमा आजसम्म गुल्मीमा चार सय वढिको आवेदन परेको छ । गुल्मीको लागी ४ सय ९२ जना म्यादी प्रहरी आवश्यक पर्ने भएपनि आज सम्म चार सय वढि आवदेन परीसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आवेदन भर्ने म्याद असोज १४ गतेसम्म भएकाले आवेदकको संख्या वढि हुनसक्ने प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सबिधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि अहिलेको सुरक्षा संयन्त्र अपुग भएपछि सरकारले देशभर म्यादी प्रहरी भर्ना आह्वान गरेको हो ।
0 प्रतिकृयाहरु