Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक हजार ६ सय अवैध चल्ला बरामद

Published on 12:37:00 AM //

कृष्ण बिसी
नवलपरासी, असोज १४ । भारतबाट अवैध रुपमा नवलपरासी तर्फ ल्याउँदै गरेका १ हजार ६ सय कुखुराको चल्लालाई प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक ईन्द्र प्रसाद सुवेदीको नेतृत्वमा रहेको प्रहरी टोलीले रमपुरवा गाविस वार्ड नम्बर ६ बाट ९५ हजार मुल्य बराबरको सो कुखुराको चल्ला बरामद गरेको हो ।
बरामदमा परेका कुखुराको चल्ला पशु क्वारेन्टाईन कार्यालयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त अवैध चल्ला ओसार पोसार गर्ने गिरोह प्रहरीलाई देखेपछि फरार भएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग