Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४ सय ९२ का लागि करिव १५ सय

Published on 12:42:00 AM //

शिबलाल सुबेदी
गुल्मी १४ । असोज जिल्ला प्रहरी कार्यलय गुल्मीले खुल्ला गरेको म्यादी प्रहरीमा करिव १ हजार ५ सयले आवदेन दिएका छन ।
असोज १ गतेदेखि सोमबारसम्मका लागि खुल्ला गरिएको म्यादी प्रहरीका लागि १ हजार ४ सय ८२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । गुल्मी जिल्लालाई आवश्यक जम्मा ४ सय ९२ जनाका लागि यति धेरैको आवेदन परेको हो ।
मंसिर ४ गते हुन लागेको संबिधान सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि अहिलेको सुरक्षा संयन्त्र अपुग भएपछि सरकारले देशभर म्यादी प्रहरी भर्ना अभियान शुरु गरेको छ । म्यादी प्रहरीका लागि आवेदन भर्नेहरुलाई छनौट प्रक्रृया लगायत अन्य सल्लाहका लागि मगंलवार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्नका लागि प्रहरीले अनुरोध गरेको छ । गुल्मी, अर्घाखाँची, वाग्लुङ्ग, प्युठान लगायतका ५० बर्ष मुनिका महिला पुरुषहरुले आवेदन भरेको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग