Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी–रुपन्देही मञ्चको अध्यक्षमा महत

Published on 1:47:00 PM //

प्रेम सुनार
असौज–१५, गुल्मी । एकिकृत नेकपा माओवादी पार्टीमा आश्था राख्ने वुटवलवासीको भेलाले पत्रकार एवं युवा ब्यबसायी तिलक महतको अध्यक्षतामा गुल्मी–रुपन्देही संघिय गणतान्त्रिक संपर्क मञ्च गठन गरेका छन् ।  
एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीको प्रमुख आथित्यतामा वुटवलमा बसेको भलाले महतको अध्यक्षतामा २ सय १ सदस्यीय मञ्चको गठन गरेको हो । उपाध्यक्षद्धयः गुनाराम घिमिरे, कृष्णप्रसाद पौड्याल, सचिव नविन पन्थी, सह–सचिवद्धयः कमल भुषाल र छवि नेपाली, कोषाध्यक्षद्धयः टेकराज रेग्मी र फाटिक तरामु रहेका छन् ।
नव गठित मञ्चलाई सम्वोधन गदै केन्द्रिय सदस्य क्षेत्रिले यसपालिको चुनावमा गुल्मीका तिन वटै क्षेत्र जित्ने तयारीका साथ आफ्नो पार्टी लागेको भन्दै वुटवलमा रहेका कार्यकर्ता सुभेच्छुकहरुलाई गृह जिल्लामा पुगेर सक्दो सहयोग गर्न आग्राह गरेका थिए । त्यस्तै नव निर्वाचित अध्यक्ष महतले रुपन्देहीमा एमाओवादी समर्थहरुको बाहुल्य रहेको दावी गर्दै गुल्मीको चुनावमा ब्यापक रुपमा कार्याकर्ता परिचालन गर्ने बताएका थिए ।
कार्यक्रममा एकिकृत नेकपा मओवादी मगराँत राज्य समिति सदस्यहरु युवराज के.सी., देविराम अर्याल, पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेल लगायतले पनि मनतब्य राखेका थिए । रुपन्देहीका विभिन्न स्थानमा वसाई सराई, विभिन्न पेशा–ब्यबसाय र अध्यान सहित करिव ६० प्रतिशत गुल्मेलीहरु बसोवास गर्ने गरेको आंकलन गरिदै आएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग