Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनताको लागी आफ्नो भाग्य आफैले कोर्ने ठुलो सौभाग्य ः एमाले नेता बिष्ट

Published on 4:32:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक ८ । लोकतान्त्रिक संबिधान निर्माणका लागी जनतालाई ठुलो सौभाग्य मिलेको नेकपा एमाले नेता तथा गुल्मी क्षेत्र नं.३ संबिधान सभाका उम्मेदवार गोकर्णराज बिष्टले बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार प्रसार तथा जनताको घरदैलो अभियानको क्रममा आज हस्तिचौरको हर्पुकोट, ताल्तुङ्ग र पालुखामा गरिएको छुट्टाछट्टै कार्यक्रममा उँहाले यस्तो कुरा बताउनु भएको हो ।
पुर्व उर्जा मान्त्री समेत रहेका बिष्टले लोकतान्त्रिक संबिधान निमार्णका लागी जनतालाई फेरि आफनो भाग्य आफैले कोर्ने सौभाग्य मिलेको बताउनुभएको हो । नेकपा एमाले दुई तिहाई बहुमत ल्याएर आफनो पार्टीकै अगुवाईमा लोकतान्त्रिक संबिधान निमार्ण हुने बताउनु भएको छ । आफु र आफनो पार्टी जनताको उन्नती प्रगतीका र बिकासका लागी जस्तो सुकै मुल्य चुकाएर भए पनि अगाडी बढ्ने बताउनु भएको छ । जनताले आफनो पार्टीको बिजयको लागी सुर्यमा मतदान गर्न जनतालाई आग्रह गर्नु भएको छ ।
नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम अन्तर्गत आज गुल्मीको हस्तिचौरमा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जामन्त्री गुल्मी क्षेत्र नं.३ का संबिधान सभा सदस्य उमेदवार गोकर्ण राज बिष्ट,नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य कमलराज श्रेष्ट, जिल्ला कमिटी सचिवालय सदस्य लक्षमण बिष्ट, बुद्धीजिवी परिषद केन्द्रिय सदस्य दान वहादुर केसी, क्षेत्रिय कमिटी सचिवालय सदस्य जगत केसी, अनेरास्वाबियू जिल्ला कमिटी गुल्मीका सचिव राजेन्द्र बिक्रम कुवँर हस्तिचौर गाँउ कमिटीका अध्यक्ष राम मल्ल ठकुरी सचिव नारायण कुवँर लगायतको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग