Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३३ दलद्धरा कार्तिक १५ गते बन्द घोषणा

Published on 5:45:00 PM //

प्रेम सुनार
कार्तिक ११, गुल्मी । चुनाव वहिस्कार गरेको ३३ दल सहित नेकपा माओवादीले आफ्ना कार्यकर्ता पक्राउ र खान तलासीको विराधमा कार्तिक १५ गते मगराँत अवध, धारुवान, भेरी कर्णाली र सेती महाकाली राज्य बन्दको घोषणा गरेको छ ।  ३३ दलिय चुनाव वहिस्कार मोर्चाको तर्फबाट मंगलवार नेकपा माओवादी गुल्मीका सेक्रेटरी विष्णु पन्तद्धरा जारी विज्ञप्ती मार्फत कार्तिक १५ गते बन्दको जानकारी गराइएका्े हो ।
  आफुहरुको शान्ति पुर्ण वहिस्कार कार्यक्रमलाई राज्य पक्षबाट वर्वर दमन, धरकपड, गिरफतार र झुटा मुद्धा लगाईएको भन्दै मोर्चाले खेद प्रकट गरेको छ । सरकारले निरकुंश चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै मोर्चाले त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । उसले कार्तिक १५ गतेको बन्दमा यातायात कल–कारखाना, शिक्षण संस्था समेत बन्द गर्ने भन्दै संबद्ध सवै पक्षसंग शान्ति पुर्ण बन्द सफल बनाउन अपिल समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग