Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित महिलाका लागी तिनदिने मतदाता शिक्षा तालिम तम्घासमा सुरु

Published on 8:10:00 PM //

संगिता कुवँर
कार्तिक १२, गुल्मी । दलित महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तिनदिने मतदाता शिक्षा तालिम सुरुभएको छ । तालिमको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले अझै पनि अधिकाशं दलित महिला मतदातामा आफनो मत अधिकारको बारेमा थाहा नभएकोले अब अरुको करमा मतदान गर्ने गरेको ले आसन्न चुनावमा आफनो मत अधिकारको सहि सदुपयोग गर्न अनुरोध समेत गर्नुभयो । तालिममा जिल्ला बिकास समितिका शाखा अधिकृत बाबुराम पल्ली, प्रहरी निरीक्षक निसान्त श्रीबास्तव, जिल्ला बाल कल्याण अधिकृत झबिन्द्र गैरे,उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, महिला मानब अधिकार रक्षक सञ्जालका जिल्ला उपाध्यक्ष जानकी ज्ञवाली लगाएतको उपस्थीती रहेको थियो ।तालिमको उदघाटनकार्यक्रम दलित महिला संघका जिल्ला अध्यक्ष कमला बरालको अध्यक्षता सचिव जमुना श्रीपालीको स्वागत मन्व्य एबम ममता चुदाँराको सञ्चालनमा सम्पन्न भएको थियो ।१४ गते सम्म सञ्चालन हुने तालिममा जिल्लाका २० दलित महिलाको सहभागीता रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग