Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"सहकारीलाई गलत तरिकाबाट प्रयोग गर्नेहरु बढेका छन, समयमै सचेत हुनुस्"

Published on 4:14:00 PM //

राम सुवेदी
बागलुङ, कार्तिक १२ । बागलुङमा बहुउद्धेश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा डिभिजन सहकारीका प्रमुख विष्णुप्रसाद सुवेदीले सहकारीलाई गलत तरिकाबाट प्रयोग गर्नेहरुको बाहुल्यता बढिरहेको समयमा सचेत भएर सहकारीका गतिविधिहरु सञ्चालन गर्न सहकारीकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।
बहुद्देश्यीय सहकारी संघ बागलुङको प्रारम्भिक साधारण सभाको उद्घाटनपछि बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष अशोक गाविन्द राजभण्डारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कोपिला कडेल, लगाएतले बोल्नुभएको थियो ।
साधारणसभामा बहुद्देश्यीय सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले प्रगति प्रतिवेदन र एक लाख आठ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
लेखा समितिका संयोजक हुम बहादुर थापाले स्वागत गरेकोे कार्यक्रमको संञ्चालन लेखा सदस्य ताराप्रसाद शर्माले गर्नुभएको थियो ।
साधारण सभाले हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा कुँवर, सचिव रुद्रबहादुर केसी, सह–सचिव चुणमणी आचार्य, कोषाध्यक्ष राजु केसी, र सदस्यहरुमा राजकुमार श्रेष्ठ, मिनबहादुर श्रीस, कृष्णप्रसाद पौडेल (कुमार), गुणराज पौडेल, सुरेशप्रसाद श्रेष्ठ र गंगाबहादुर हमाल रहनु भएको छ ।
साधारणसभाले लेखा समितिको संयोजकमा हुमबहादुर थापा, सदस्यहरुमा ताराप्रसाद शर्मा र डिल्लीप्रसाद शर्मा तथा सल्लाहकारमा अशोक गोविन्द राजभण्डारी र दिपेन्द्र बाँस्कोटालाई चयन गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग